
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख विपक्षी एमालेसामू संविधान संशोधनबारे खुला दिलले छलफल गर्ने प्रस्ताव राखेका छन् । संसदमा विशेष समय लिएका कांग्रेस नेता पौडेलले ‘भत्केको घरको जता हेर्यो उतै दैलो’ भने जस्तो अवस्था रहेको भन्दै आफ्नो सम्बोधन सुरु गरेका थिए । स्थानीय चुनावमा धेरै आर्थिक चलखेल भएको सूचना आफूले पाएको भन्दै उनले पैसाकै बलमा चल्दै जाने हो भने लोकतन्त्र नै घाइते हुने बताए ।
असोज २ गते प्रदेश नम्बर २ मा हुने चुनावमा राजपा आउने नआउने र सहज रुपमा चुनाव हुन दिन नदिने अझै टुंगो नभएको भन्दै अब प्रमुख दलहरुले गम्भीर भएर सोच्नु पर्ने बताए । उनले भने, ‘एमालेले पनि खुला दिलले संविधान संशोधन प्रस्ताव कतिसम्म पास गर्न हुने हो ? कतिसम्म पास गर्न नहुने हो ? प्रष्ट कुरा गरौं र यतिसम्म गरौं भनेर राजपासँग खुलेर कुरा गरौं ।’
चुनावको मुखमा गएर छलफल गर्नु भन्दा अहिले समयमै छिनोफोन गर्न जरुरी रहेको उनले बताए । काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख विपक्षी एमालेसामू संविधान संशोधनबारे खुला दिलले छलफल गर्ने प्रस्ताव राखेका छन् । संसदमा विशेष समय लिएका कांग्रेस नेता पौडेलले ‘भत्केको घरको जता हेर्यो उतै दैलो’ भने जस्तो अवस्था रहेको भन्दै आफ्नो सम्बोधन सुरु गरेका थिए । स्थानीय चुनावमा धेरै आर्थिक चलखेल भएको सूचना आफूले पाएको भन्दै उनले पैसाकै बलमा चल्दै जाने हो भने लोकतन्त्र नै घाइते हुने बताए । असोज २ गते प्रदेश नम्बर २ मा हुने चुनावमा राजपा आउने नआउने र सहज रुपमा चुनाव हुन दिन नदिने अझै टुंगो नभएको भन्दै अब प्रमुख दलहरुले गम्भीर भएर सोच्नु पर्ने बताए । उनले भने, ‘एमालेले पनि खुला दिलले संविधान संशोधन प्रस्ताव कतिसम्म पास गर्न हुने हो ? कतिसम्म पास गर्न नहुने हो ? प्रष्ट कुरा गरौं र यतिसम्म गरौं भनेर राजपासँग खुलेर कुरा गरौं ।’ चुनावको मुखमा गएर छलफल गर्नु भन्दा अहिले समयमै छिनोफोन गर्न जरुरी रहेको उनले बताए ।
Facebook Comments