Loading...
आफ्नो गाउँमै भएपनि चुनाब बहिष्कार गराउन सफल हृदेश त्रिपाठीदवारा राजपाभित्र विद्रोहको तयारी, प्रदेश नम्बर ५ मा राजपा थप कमजोर हुने निश्चित

काठमाडौं । ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल अहिले तेस्रो चरणमा हुन गइरहेको स्थानीय निर्वाचनको तयारीमा छ । लामो कसरतपछि भर्खरै मात्रै यो पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । तर, यता पार्टीभित्रै विद्रोहको तयारी भइरहेको छ । सम्पूर्ण नेता कार्यकर्ता असोज २ गते हुने चुनावको तयारीमा लागिरहेका बेला राजपाभित्र एक प्रभावशाली नेताले विद्रोहको तयारी गरेको स्रोतबाट थाहा हुन आएको छ । स्रोतका अनुसार प्रदेश नम्बर ५ मा प्रभाव जमाएका सिनियर नेता हृदयेश त्रिपाठीले राजपाभित्र विद्रोहको तयारी गरेका हुन् ।

राजपामा आफ्नो हैसियत र योग्यता अनुसारको जिम्मेवारी नपाएपछि उनले पार्टी छाड्ने मनस्थिती बनाएका छन् । र, नयाँ पार्टी समेत खोल्नका लागि छलफल थालेका छन् । उनी ५ र ७ नम्बर प्रदेशलाई मिलाएर नयाँ पार्टी गठन गर्ने विषयमा आफ्ना निकट नेता कार्यकर्ता एवं बुद्धिजिवीसँग परामर्श गरिरहेको स्रोतको दाबी छ । यद्यपी उनले कुनै अर्काे पार्टीमा जाने विकल्पबारे पनि सोचिरहेको बताइन्छ ।

हाल पार्टीका उपाध्यक्ष समेत रहेका त्रिपाठी केही समययता पार्टी नेतृत्वका क्रियाकलापप्रति असन्तुष्ट रहँदै आएका छन् । खासगरी जिम्मेवारी बाँडफाँडमा पार्टीले दुई नम्बर बाहेक पाँच नम्बर प्रदेशसहित देशका महत्वपूर्ण पकड भएका प्रदेशलाई विभेद गरेपछि उनी असन्तुष्ट बनेका हुन् ।

जस्तै, राजपाको अध्यक्ष मण्डलमा ६ नेता छन् । महन्थ ठाकुर सर्लाही, अनिल झा रौतहट, राजेन्द्र महतो सर्लाही, महेन्द्र यादव सर्लाही, राजकिशोर यादव सिरहा र शरदसिंह भण्डारी महोत्तरीका हुन् । प्रादेशिक रुपमा हेर्दा यी सबै दुई नम्बर प्रदेशका मात्रै छन् । यहाँनेर हृदेश त्रिपाठीको असन्तुष्टि भनेको पार्टीको नाम फेरियो तर संरचना फेरिएन् । उनको भनाई पार्टी देशैभरी समावेशी हुनुपर्थ्यो तर नेतृत्व दुई नम्बरमै सिमित भयो । अरु प्रदेशबाट एउटा पनि नेतालाई अध्यक्ष मण्डलमा राखिएन् । जस्तोकी पकड क्षेत्र मानिने १ नम्बरको सुनसरी, मोरङ र पश्चिममा कैलाली, कञ्चनपुर, बाँके, बर्दियाबाट कोही छैन् ।

उस्तै पनि हृदयेश त्रिपाठी ५ नम्बर प्रदेशका प्रभावशाली नेता हुन् । मधेसको राजनीतिमा राजकिशोर यादव लगायतभन्दा सिनियर भएपनि उनलाई वेवास्था गरिएको छ । कुनै सम्मानजनक स्थान पार्टीमा दिइएको छैन् । पाँच नम्बर प्रदेशको चुनाव रोक्न आन्दोलनको घोषणा गरेको राजपाका नेताहरुले चुनाव विथोल्न सकेनन् । तर त्रिपाठीले नै आफ्नो गाउँमै भएपनि उनले बहिष्कार गराउन आम जनताबाट समर्थन पाएका छन् । यसले के देखाउछ भने त्रिपाठी जनताको विश्वासप्राप्त नेता हुन् । उनको विद्रोहले प्रदेश नम्बर ५ मा राजपा थप कमजोर हुने निश्चित छ ।

यस्तै, राजपामा समाहित तत्कालिन तमलोपाका वरिष्ठ उपाध्यक्ष त्रिपाठी निकट दुई सांसद समेत पाँच नम्बर प्रदेशबाटै निर्वाचित भएका थिए । हाल उनीहरु राजपामा छन् । जबकी राजपाका रहेका अरु पार्टीबाट कोही निर्वाचित हुन सकेका छैनन् । यसकारण पनि त्रिपाठीले विद्रोह गरे राजपालाई ठूलो नोक्सानी हुन्छ ।

nepalpana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *