Loading...
एमाले र फोरम नेपाल बीचमा विकास निर्माणमा साँझा सहमति, दुवै पार्टीले शक्ति सन्तुलनका आधारमा काम गर्ने

बाँके । नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले स्थानीय तहका लागि औपचारिक सहमति गरेका छन् । जिल्ला समन्वय समितिसहित स्थानीय तहमा पनि सहकार्य गरेका छन् । डुडुवा र जानकी गाउँपालिकामा सहकार्य गर्ने निर्णयमा जिसससहित डुडुवा र जानकी गाउँपालिकामा कार्यपालिका गठनका लागि सहकार्य गरेर अघि बढ्न सहमति भएको हो ।

एमाले बाँकेका अध्यक्ष अशोक कोइराला र संघीय समाजवादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दिन राईले हस्ताक्षर गरेको सहमतीपत्रमा दुई पार्टीको शक्ति सन्तुलनका आधारमा जिल्ला समन्वय समितिमा प्रमुख सहित छ सदस्य एमाले, उपप्रमुख एक पुरुष र एक महिला सदस्य संघिय समाज वादी फोरम नेपालले लिने सहमति भएको उल्लेख छ । १६ सदस्यीय जिल्ला सभामा एमालेको ७ र फोरमको २ सदस्य छन् ।

डुडुवा गाउँपालिकामा एमाले एक भित्र संघीय समाजवादी फोरम नेपाल एकभित्र एक बाहिर र जानकी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाललाई एकभित्र एक बाहिर र बाँकी सबै एमालेले लिने सहमति भएको छ ।

जानकी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले बाहिरबाट लिएको सदस्यलाई जिल्ला समन्वय समितिमा लिएपछि खाली भएको बाहिरी सदस्यमा एमालेलाई दिने र भित्री थप संघीय समाजवादी फोरम नेपाललाई दिने सहमति गर्नुका साथै नरैनापुर गाउँपालिकामा जिल्ला समन्वय समितिमा गठन पछि खाली भएको एक स्थानमा एमालेलाई दिने र त्यसको सट्टा फोरमले मागेको ठाउँमा एक सदस्य एमालेले दिने गरि सहमती भएको हो ।

दुई पार्टीका बीचमा जिल्लाको विकास निर्माणमा साँझा सहमति र सहकार्यलाई उच्च सम्मानका साथ कार्यन्वयन गर्ने गरी सहमति गरिएको उल्लेख छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *