
काठमाडौं । आज विहान हरेक अनलाईन पत्रिकामा एउटै समाचार थियो राष्ट्रपतिको सवारी किन्न १६ करोड माग । गरिब देशका राष्ट्रपतिलाई १६ करोडको गाडी चाहिएको सूचना समाचारबाट पाइयो । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न शीतल निवासले सरकारसँग १६ करोड रुपैयाँ मागेको रहेछ ।
हुन त राष्ट्रपति अहिले पैदल हिडेकी छैनन्, करोड पर्ने चिल्ला गाडीमा सवारी भइराखेकी छन् । फेरि उनलाई किन चाँहियो यति महंगो गाडी ? यी र यस्ता प्रश्न गर्ने बेला आएको राष्ट्रवादी पार्टीका नेता कार्यकर्ताले । किनकि राष्ट्रपति भण्डारीको धरातल भनेकै एमाले पार्टी हो । उनलाई खबरदारी गर्नु हरेक जनताको कर्तव्य भएपनि बढी जिम्मेवारी राष्ट्रवादी पार्टीकै कार्यकर्ताको हुन्छ ।
समाचार अनुसार सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराउने भने पनि राष्ट्रपति भण्डारीको चाहनाअनुसार रकम अपुग भएको भन्दै राष्ट्रपति कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँ मागेको रहेछ । यो त अति भएन् र ! अझै पनि धेरै नेपाली खानबस्न समस्याबाट गुज्रिरहेको बेला राष्ट्रपति भने आफ्नो हैसियत, धरातल बिर्सिएर विदेशीको सीको गर्नु उपयुक्त हुँदैन् ।
उहिले केपी ओलीले राज्यको ढुकुटीबाट करोडौं खर्चेका थिए
अहिले राष्ट्रपति एवं तत्कालिन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले १६ करोडको गाडी खरिद गर्न चाहेको प्रसंगका बीच हामीले विगतलाई मुल्यांकन गर्नुपर्छ । एमाले पार्टी भनेको बहुदलीय जनवाद नारा बोकेको कम्युनिष्ट पार्टी हो । तर, आर्दशवान नेता पुष्पलाल, मदन भण्डारी र मनमोहनले हुर्काएको यो पार्टी पछिल्लो समय एक पछि अर्काे गरी बद्नाम हुँदै गइरहेको छ । केही दिनअघि जननेता मदन भण्डारीको नामबाट खुलेको एक अस्पतालले ‘मृगौला चोरे’को प्रसंगले एमाले पार्टी मात्रै बद्नाम भएन् जननेता मनमोहनकै अपमान भयो । यस्तै, काठमाडौंको मेयर निर्वाचित एमाले काठमाडौंका जिल्ला सचिव विद्यासुन्दर शाक्यले आफ्नै लागि मोबाइल किन्ने निर्णय गरे । जुन निकै अलोकप्रिय बन्यो । कडा आलोचना र विरोध भयो । यो निर्णयले विद्यासुन्दर मात्रै एमाले पनि मुछियो ।
अब कुरा गरौं हालका एमाले अध्यक्ष केपी शर्मा ओलीको । ओली लामो समयदेखि मृगौला रोगबाट पीडित छन् । ओलीले धेरै लामो समयदेखि थाइल्याण्डमा रोगको उपचार गरे । तर, उनको उपचारको सबै खर्च राज्यको ढुकुटीबाट व्यहोरियो । सरकारी तथ्यांकका अनुसार ओलीको उपचार करोडौं खर्च भएको थियो । यसरी हेर्ने हो भने उ बेला ओलीले खर्च अब एमालेबाट राष्ट्रपति बनेकी भण्डारीले गर्न लागेकी छन् । के यही हो त एमालेको जनवाद ? यस्तै हो एमाले पार्टी ? समिक्षा गर्ने जिम्मेवारी नेता कार्यकर्ता र आम जनताको हातमा छ ।
Facebook Comments