Loading...
संविधान संशोधनको विकल्प नभएको फोरम नेपालको ठहर, संसदमा विचाराधीनरहेको संविधान संशोधन विधयेकलाई परिमार्जन गर्न माग

काठमाडौं २५, असार । संघीय समाजवादी फोरम नेपालले संसदमा विचाराधीन अवस्थामा रहेको संविधान संशोधन विधयेकलाई परिमार्जन गर्न माग गरेको छ । संसदमा दर्ता भइसकेको संशोधन विधेयक अधूरो रहेको भन्दै फोरम नेपालले राष्ट्रिय समस्या समाधान गर्न विधेयकलाई परिमार्जन गर्न माग गरेको हो ।

असार २४ र २५ गते पदाधिकारी बैठकले गरेको निर्णयलाई आइतबार विज्ञप्ति मार्फत् सार्वजनिक गर्दै फोरम नेपालले संविधान संशोधनको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

संघीय गठबन्धन तथा मधेशी मोर्चाद्धारा प्रस्तुत २६ बुँदे प्रस्तावका आधारमा राष्ट्रिय समस्याहरुको समाधान र सम्बोधन हुने गरी संशोधन गरिनु पर्ने उसले बताएको छ ।

‘तत्कालीन परिस्थितिमा स्थानीय तहको निर्वाचनमा सहभागिताको प्रयोजनका लागि स्थानीय तहको निर्वाचन अगावै संसदमा पेश गरिएको अधूरो र अस्पष्ट संविधान संशोधन विधेयकले राष्ट्रिय समस्याहरुको समाधान नहुने भएको हुँदा उक्त विधेयकलाई समस्याहरुको समाधान हुनेगरी परिमार्जन गरी संविधान संशोधन एवं पुनर्लेखन गरिनु पर्छ’– फोरम नेपालले भनेको छ ।

ऐतिहासिक जनान्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न संघर्षबाट प्राप्त उपलब्धि रक्षाको लागि स्थानीय तहको चुनावमा होमिएको फोरम नेपालले संविधान संशोधनको सवाललाई बलियो ढंगले उठाउँदै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *