Loading...
चोक चोकमा साइकलमा हिड्ने मदन भण्डारी र १६ करोड माग्ने राष्ट्रपति विद्यादेवी भण्डारीको तुलना गर्दै सामाजिक सञ्जालमा ब्यापक आलोचना

काठमाडौं । १६ करोडको गाडी खरिद प्रकरणले अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको कडा आलोचना भएको छ । सामाजिक सञ्जालदेखि चोक चोकमा साइकलमा हिड्ने मदन भण्डारी र १६ करोड माग्ने विद्याको तुलना गर्दै आलोचना भइरहेको छ ।

यसबीचमा यो प्रसंग व्यवस्थापिका संसदमा पनि प्रवेश गरेको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोमबारको बैठकमा यो विषयलाई उठाएका हुन् ।

उनले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गरिँदै छ भन्ने कुरा के हो ? भनी सरकारसँग जवाफ मागेका थिए । उनले भनेका थिए, राष्ट्रपतिलाई १६ करोड, प्रधानमन्त्रीलाई १५ करोड र मन्त्रीहरूलाई १४ करोडको गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्रले कसरी धान्न सक्छ ?

यो प्रश्न आउँदा संसदमा ताली बजेको थियो ।

यसको जवाफ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको दाबी गरे । उनले राष्टाध्यक्षलाई गाडी किन्नु कुनै ठूलो कुरो नभएको जवाफ पनि दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *