
काठमाँडौ । असोज २ गते हुन गईरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचनबाट राष्ट्रीय जनता पार्टीलाई बाहिरै राख्न काँग्रेस, एमाले र माओवादी केन्द्रबीच आन्तरिक सहमति भएको खुलासा भएको छ ।
सरकारले सजिलै दुई तिहाई पुर्याउन सक्ने अवस्था रहे पनि प्रमुख प्रतिपक्षी दल एमालेको बहानामा संविधान संशोधन प्रक्रियालाई तत्काल रोक्ने र चुनावपछि मात्रै संशोधन गर्ने सहमती भएको बुझिएको छ । तीन ठुला दलको यस सहमतिमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले बिरोध मात्रै गरेनन्,बरु जसरि भएपनी राजपाको लागी संविधान सन्शोधन गर्न दबाब समेत दिएका छन ।
उनले भने मधेशी जनता कोमाग पुरा गराउनु मेरो पहिलो कर्तब्री हो । उता बिजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक सरकारको निर्णय को समर्थन गरेको कुरा बाहिरआएको छ । सोमवार सम्म जसरी पनि संविधान संशोधन विधेयकलाई मतदानमा लिएरजाने र आवश्यक दुई तिहाई बहुमत जुटाउने तयारीमा रहेका प्रधानमन्त्री शेर बहादुर देउबाले आज मंगलबार अचानक यू-टर्न लिएका छन ।
आज विहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग बालुवाटारमा भएको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले तेस्रो चरणको चुनाव भन्दा पहिला संविधान संशोधनको प्रक्रियालाई अघि नबढाउनेआन्तरिक सहमति भएको बालुवाटार निकट उच्च स्रोतले जनाएको छ ।
Facebook Comments