
वीरगन्ज २८ असार प्रकृतीक आपदामा फसेका सप्तरीका बाढीपिडितलाइ संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्ला समितीले बुधबार बिहान राहत सामग्री पठाएको छ । सप्तरीको बाढीपिडितहरुको दुराअवस्थामा राहत तथा सहयोग पुर्याउने काममा कमी रहेको कुरा संचारमाध्यमबाट आइरहेको मध्यनजर गर्दै फोरम नेपालको पर्सा जिल्ला समितीले १०लाख भन्दा बढी मुल्यको राहत सामग्रीपठाएको छ ।
राहत सामाग्री स्वरुप पार्टीका तराई मधेस प्रदेश कोषाध्यक्ष विजय कुमार सरावगीले उपलब्ध गराउनु भएको ८लाख मुल्यबराबरका त्रिपाल ५ सय थान, बिभिन्न दाताहरुबाट चामल ७५ बोरा लगायत सामान बाढीपिडितहरुका लागि संघीय समाजवादी फोरम नेपाल, पर्साले जुटाएको हो ।
जिल्ला अध्यक्ष प्रदिप यादव र मधेस प्रदेशका कोषाध्यक्ष विजयसरावगीले पार्टीको झन्डा हल्लाएको राहत समग्रीहिको ट्रक सहितको टोलीलाइ बिदाइ गरेको थिइ । उक्त राहतसामग्री २नम्बर क्षेत्रका क्षेत्रीय सचिव राधाकृष्ण रौनियारको नेतृत्वमा कार्यसमिति पर्साका पदाधिकारीहरु,युवा नेता रोहित बर्णवाल युवा अभियंता आशु सर्राफलगायतको टाली वितरण गर्न सप्तरी प्रस्थान गरेको छ ।
राहत सामग्रीलाइ व्यवस्थीत रुपमा वितरण गर्न आवश्यक सहयोगको लागी पर्सा जिल्ला प्रशासन कार्यालयले सप्तरीलाइ पत्राचार समेत गरेको छ । yatra daily
Facebook Comments