
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमालेले मधेशलाई उपेक्षा गरेर अघि बढेको आरोप लगाए । उनले एमालेको यस्तो व्यवहारले मुलुकमा गम्भिर दुर्घट्ना निम्त्याउने र राष्ट्रलाई निकै ठूलो खतरा हुने टिप्पणी गरे । शर्माले आफ्नो पार्टी सुरुदेखि नै मधेशको मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा लिएर समस्याको हल गर्न प्रयत्नशील रहेको जिकिर गरे । उनले भने,‘एजेण्डा सानो ठूलो भन्ने हुँदैन्, हामी संख्यामा सानो हौंला तर हाम्रो एजेण्डा मर्दैन्।’
उनले आफूहरु संशोधनको पक्षमा रहेको उल्लेख गर्दै अझैपनि समय भएकोले वार्ता तथा सम्वादको माध्यामबाट प्रस्तावको पक्षमा सहमति खोज्नुपर्ने बताए । शर्माले थपे,‘समस्या सुल्झाउनतिर लाग्नुपर्छ, प्रस्ताव पारित हुँदैन भनेर भन्नुहुँदैन्।’ उनले सकेसम्म प्रस्तावलाई एमालेको सहमतिमा नभएपनि प्रक्रियाबाट टुँगोमा पुर्याउनुपर्ने बताए । उनले भने,‘निर्णयार्थ पेश गर्दा पास भए ठिकै छ, नभए पनि परिणाम स्विकार गरेर चुनावमा यही विषयलाई एजेण्डा बनाएर जानुपर्छ।’
शर्माले सरकारमा पार्टीको तर्फबाट पठाउने नेताहरुको नाम टुँगो लागिसकेकोले जतिबेलापनि दिन सक्ने जनाए । उनले भने,‘हाम्रो पार्टीबाट सरकारमा सहभागी हुनेहरुको नाम टुँगो लगाईसकिएको छ, नाम पूरा तयारी अवस्थामा छ।’ उनले पार्टी अध्यक्ष बैंककमा भएपनि यता नाम चाहिएको खण्डमा तुरुन्त उपलब्ध गराउन सक्ने अवस्थामा आफूहरु रहेको समेत स्पष्ट पारे ।
Facebook Comments