Loading...
पर्साका सिङ्घम प्रदीप यादव क्षेत्र नं.१ बाट लड्दै, जिल्लाबासीदवारा बाजा बजाएर स्वागत

वीरगन्ज, कार्तिक ०७ – संघीय समाजवादी फोरम नेपालले पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवलाई पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको उम्मेदवारको रुपमा अघी सारे पछी पर्सा जिल्लाका नागरिक उत्साहित भएका छन् ।

वीरगन्जमा मधेस आन्दोलनलाई आफ्नो नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरको उचाई सम्म पुर्‍याउने नेता प्रदीप यादव पर्सा जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनावमा लड्ने निश्चियसँगै जिल्लामा नयाँ रौनक र उत्साह थपिएको छ । दोश्रो संविधान सभामाको निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फामा कडा प्रतिष्पर्धा विच झिनो मतान्तरल पराजित भएका यादवले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो उम्मेद्वारी पुन: दिने घोषणा गरे पछी जिल्लामा नयाँ आशा पनी जागेको हो ।

पर्सा जिल्लाको जनताले प्रतिनिधी सभाको निर्वाचनमा प्रदीप यादवलाई विजयी गराई दोश्रो संविधान सभाको निर्वाचनमा भएको भुललाई सच्च्याउने मौकाका रुपमा लिएका छन् । जिल्लावासीहरुले कांग्रेस र एमाले जस्ता मधेस बिरोधी पार्टीलाई मतदान गर्नु ठुलो भुल भएको बताउदै र अबको निर्वचनमा सबैले मधेसी दल र त्यसमाथी पनी संघीय समाजवादी फोरम नेपाललाई मात्र मतदान गर्ने बताउदै छन् ।

जनताको नेताका रुपमा परिचित यादवको पर्सा जिल्लामा भिन्नै पहिचान छ, निर्वाचनमा पराजित भए पनि पर्सा जिल्लाको विकासका लागि समय समयमा बिना लोभ कयौं योगदान गरेका नेता यादव पर्सा जिल्लाको जनताको पहिलो रोजाई हुने कुरामा कुनै दुई मत छैन । वीरगन्जमा भएको देशकै ठुलो मधेस आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरी आन्दोलनलाई हाक्ने प्रदीप यादव युवा वर्गमा मधेसी योद्धाको नामले चर्चित छन् । जनताको सेवा गर्न सधै अग्रसर रहने यादव गरिब र निमुखा जनताको उद्धारक समेत हुन् । दिन-रात ख्टदै जिल्लाका एक-एक जनतालाई सेवा पुर्‍याउने भावनाले आवस्यकता परेको बेला एक खुट्टामा उभेर कुनै सुख आराम नदेखी संगसंगै खटेर आफ्नो परिवारको सदस्य ठानेर हर कदममा सहयोग पुर्‍याउने पर्सा जिल्लामा एक मात्र राजनीतिज्ञ प्रदीप यादव हुन् ।

प्रदीप यादवको रुपमा जिल्लाले असल र बलियो अभिभाकत्व र संरक्षकत्व पाउने निश्चित भएपछि जिल्लाबासीहरु उत्साही भएको संचारकर्मीहरु बताउँछन् । नागरिक समाज तथा मधेस आन्दोलनका अगुवाहरुले समेत यादवलाई जिताउने अभियानमा जुटेको स्थानीयहरुको भनाई छ । आर्थिक नगरीको रुपमा परिचित वीरगन्जलाई देशकै आर्थिक हवका रुपमा विकास गर्ने योजनाका साथ् अगाडि बढेका यादवलाई व्यापारी वर्ग पनी पूर्ण रुपले साथ् दिने कटिबद्ध रहेको जिल्लाका प्रसिद्ध व्यापारीहरु बताउछन । मधेस आन्दोलनका उपलब्धि हरुलाई संस्थागत गर्न र मधेसका मागहरु पुरा गराई मधेसमा विकासको लहर ल्याउन आफ्नो उम्मेद्वारी दिएका यादवलाई युवा वर्गको पनी उत्तिकै साथ् छ ।

भर्खरी सम्पन्न भएको स्थानीय तह निर्वाचनमा देशकै कान्छो महानगर, वीरगन्ज महानगरपालिकामा प्रमुख पद जिताउन प्रदीप यादवले खेलेको भूमिका एउटा मिशाल बनेको छ । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको जितको पर्दा पछाडीका नायकका यादवनै हुन् । यादवको निती, रणनीति, योजना, समन्वय, नेतृत्व र कार्यान्वयन गर्ने प्रक्रियाले गर्दा देशकै आर्थिक राजधानी फोरम नेपालले आफ्नो कब्जामामा लिनुका साथ् जिल्लाका कयौं गाउँपालिका समेत जितेको छ ।

बेरोजगारी अन्त्य गर्ने र स्थानीय स्तरमै रोजगारीको अवसर सृजना गरी युवाहरुलाई विदेशिनु बाट रोक्न यादवको पहिलो प्राथमिकता हुनेछ । त्यसैगरी शिक्षामा बृहत सुधारका लागी नयाँ कार्ययोजना लागू गर्ने यादव वचनबद्ध छन् । समाज परिवर्तनको लागी शिक्षा महतवपूर्ण भएकोले यादवले शिक्षालाई मुल विषय बनाएर संसदमा पेश हुने योजना बनाएका छन् । त्यसैगरी स्वास्थ्य, सडक, विजुली, फोहर व्यवस्थापन जस्ता कयौं योजनाहरुलाई उनले प्राथमिकतामा राख्ने बताउछन । आफ्नो निर्वाचन क्षेत्रमा राखेका कृषकहरुका विकासका लागी पनि धेरै योजनाहरु राखेका छन् । कृषकहरुलाई पारंपरिक कृषिबाट आधुनिक कृषि तर्फा लैजाने पनि यादवको योजना छ । यादवले महिला र बालबालिकाहरुका लागि पनी विशेष योजनाहरु ल्याउने भएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *