
नरेन्द्र साह, रौतहट कार्तिक ०८ । देशमा स्थानीय चुनाव पश्चात पहिलो नेपाली काँग्रेस, दोस्रो नेकपा एमाले र माओवादि केन्द्र तेस्रो शक्ति बन्न सफल भएका छन । पहिलो र तेस्रो शक्ति एमाले र माओवादिले बाम गठबन्धन गरी चुनावमा जाने निर्णय गरेको छ । देशको राजनिति नयाँ दिशामा लम्किरहेको छ । पुरै दल प्रतिनिधि सभा र विधान सभा चुनावको लागि पूर्व तयारी गर्न कम्मर कसेर लागेका छन् । कति प्रदेशमा त मनोनय दर्ता भैसकेको अवस्था छ । त्यसैगरी प्रदेश नं. २ मा पर्ने रौतहट जिल्लाको क्षेत्र नं. २ को राजनितिक र चुनावी माहौल हाई भोल्टेजले तातेको छ । न तात्नु पनि किन ? नेपाली काँग्रेसका केन्द्रिय सदस्य र वरिष्ठ नेता रामचन्द्र पौडेलको विश्वास पात्र मानिने पूर्व मन्त्री अफताब आलमलाई काँग्रेसले प्रतिनिधि सभाको उम्मेदवार बनाएको बेला पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड को विश्वास पात्र मानिने पूर्व सांसद एवं विकासप्रेमी यूवा नेता अशोक जयसवाल लाई बाम एकताको तर्फबाट माओवादि केन्द्रले आफ्नो उम्मेदवार अघि सारेको अवस्था छ । दुबै पार्टीका उम्मेदवार आ आफ्नो ठाउँबाट बलियो देखिएको छ । नेपाली काँग्रेसका स्व.नेता शेख ईद्रिसका नाती अफताब आलम नेता ईद्रिसको स्वर्गवास भएका पश्चातको २ नं. क्षेत्रबाट जित्दै आएको पुराना र बलियो नेता हुन् । काँग्रेसको र मुस्लिम समुदायको राम्रो पकड भएको सो क्षेत्रमा स्थानीय चुनावमा पनि काँग्रेसलाई राम्रो मत आएको छ । त्यसकारण हुने चुनावमा काँग्रेसले बाजि मार्ने सर्वेक्षण कर्ताले आकलन गर्दाको बखत आकलन फेल हुने खतरा पनि बढेको देखिन्छ । पहिलो कारण हो नेता अशोक जयसवालको बौधिक वर्ग, युवा वर्ग, महिला, मुस्लिम, दलित, लगायत अल्प संख्यक सबै समुदाय सँगको लगाव र उहाँको विकासको गति र प्रगति जुनमा नेता आलम पछि परेका देखिन्छन् । दोस्रो कारण नेता आलमकै प्रतिद्धन्दि उहाँकै भान्जा पूर्व सांसद एवं राज्य मन्त्री मुस्ताक आलम जसले कारण संबिधान सभाको चुनावमा आफ्रनै मामा अफताबलाई हराएका थिए । जो सँग नेता आलमको शत्रुता बढनु ठूलो माइनस प्वाईन्ट मानिन्छ । यसकारण हजारौं मतले मुस्ताक आलमबाट पराजित अफताब आलम भन्दा केहि बढि काम र विकास मुस्ताकले त गरे तर पनि जनताको मन जित्न सफल नेता निस्केनन् । अफताब आलमको बिकल्पमा मुस्ताकलाई जनताले जिताए ता पनि राम्रो प्रगति गर्न नसके पछि जनतालाई नयाँ फेसको जरुरी थियो र अशोक जयसवाल आएपछि जनता हर्षित छन् । हजारौं मतले अफताब आलमलाई पराजित गरेका पूर्व राज्य मन्त्री तथा सांसद मुस्ताक आलम फोरम लोकान्त्रिक त्यागेर बाम दलमा सामिल नेकपा एमालेमा प्रवेश गरेका नवप्रवेशि नेता हुन् । जसको अब फोरम लोकतान्त्रिकको नेता तथा अन्य कार्यकर्ता एमाले र माओवादिमा प्रवेश गरी माओवादि केन्द्रको उम्मेदवार अशोक जयसवाललाई सघाउने पूर्ण मांसिकता बनाएका छन् । आफ्नै मामा अफताब आलम र भान्जा मुस्ताक आलम बिच देखिएको राजनितिक दुरीका कारण मुस्ताकसँग भएको मत र जयसवाल सँग भएको मत सहित अन्य दलहरुको मत संकलन गर्दा बाम दलको उम्मेदवार अर्थात माओवादि केन्द्रको उम्मेदवार अशोक जयसवाल नै अगाडि देखिएको छ । दुई चोटि मन्त्री भएर पनि विकास निर्माण देखि लिएर जनतासँग लगाव र प्रेमभाव साटन पछाडि आलमको ठूलो माइनस प्वाइन्ट भएको अवस्थामा सांसद भएर पनि विकास निर्माण सहित जनताको दुख सुखमा साथ दिने बौधिक महिला, अल्प संख्यक, मुस्लिम तथा शहिद परिवार प्रतिको लगावले अशोक जयसवाल नै जित्ने ठूलो सम्भावना रहेको जनताहरुले बताएका छन् । यसरी दुबै नेताबिच देखिएको तुलनात्मक हिसाब किताबले गर्दा जो अगाडि देखिए पनि मुस्लिमको गढ र काँग्रेसको दबदबा भएको सो क्षेत्रमा काँग्रेसका उम्मेदवार माओवादि केन्द्रका अशोक जयसवाल बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
Facebook Comments