Loading...
गच्छदारले गद्दारी गरेपछि शिवलाल समूहले मसाल चिन्हलिएर चुनाब लड्ने (सहमति पत्रसहित)

कार्तिक ८, २०७४-नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष शिवलाल थापा समूह संघीय समाजवादी फोरमको चुनाव चिह्न ‘मसाल’लिएर निर्वाचनमा सहभागी हुने भएको छ ।

संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका सहअध्यक्ष थापाबीच आगामी निर्वाचनमा सहकार्य गर्दै मसाल चिह्नबाट चुनाव लड्ने बुधबार सहमति भएको हो । लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार केही नेता लिएर नेपाली कांग्रेस फर्किए पनि थापा समूह एकतामा गएको थिएन । थापा समूहमा तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), दलित जनजाति पार्टी, नेपाल नागरिक पार्टीलगायतका नेताहरु छन् । ती दलका नेताहरु गत चैतमा लोकतान्त्रिक फोरममा सहभागी भएका थिए ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ । पहिलो चरणको निर्वाचनका लागि आइतबार नै उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ भने दोस्रो चरणको यही कात्तिक १६ गते हुने निर्वाचन आयोगको कार्यतालिका छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *