
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई अघि सार्ने भएको छ ।
ठाकुरलाई मुख्यमन्त्रीको साझा उम्मेदवार बनाउन लोकतान्त्रिक गठबन्धनका दलहरु प्रमुख दलहरु काँग्रेस, राजपा, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक)बीच समझदारी समेत भइसकेको बालुवाटारनिकट स्रोतले बतायो ।
मधेसकै पाको नेता, मधेसलाई हाक्न सक्ने नेता भन्दै ठाकुरलाई मुख्यमन्त्री बनाउन लोकतान्त्रिक गठबन्धन अघि सरेको हो ।
स्रोतका अनुसार भोलि राजपाले आफ्नो तर्फबाट ठाकुरलाई मुख्यमन्त्रीको उम्मेदवार घोषणा गर्दैछ । त्यसलगतै काँग्रेस र फोरमले पनि समर्थन गर्ने स्रोतको दाबी छ ।
ठाकुरलाई मुख्यमन्त्री बनाउन उपेन्द्र यादव पनि निकै सकारात्मक देखिएका छन् ।
Facebook Comments