Loading...
२ दशकदेखि उत्पीडित समुदायको मुक्तिकालागि सक्रिय तामाङ फोरम नेपालका काभ्रेका उम्मेदवार

काठमाडौं, २४ असोज । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय परिषद सदस्य तथा समाजवादी युवा फोरम नेपालका सचिव धनबहादुर तामाङ काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उठ्ने भएका छन् ।

तेमाल गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका तामाङलाई आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्ला कार्य समिति काभ्रेपलाञ्चोकबाट उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
२०३९ सालमा बुबा इमानसिंह तामाङ र आमा वुद्धिमाया तामाङको कान्छो छोराको रुपमा जन्मिएका तामाङले २०५१ सालदेखि नै राजनीति सुरु गरेका थिए ।

२०६२÷०६३ सालको जनआन्दोलनमा सक्रिय रहेका तामाङ २०६६ सालपछि उत्पीडित समुदायको मुक्तिका लागि अलग्गै पार्टी निर्माण गर्ने अभियानमा लागेका थिए । उनी २०६७ देखि २०७० सम्म अादिवासी जनजाति युवा महासंघ नेपालकाे केन्द्रीय सचिवालय सदस्य, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भएर कार्य सम्पादन गरिसकेकाे व्यक्ति हुन् । उनी २०७२ साल असाेज ३ गते जारी गरिएकाे विभेदकारी संविधान संशाेधनका लागि संघर्षरत सात दलसहित ४४ संघसंस्था अावद्द रहेकाे अादिवासी जनजाति राष्टिय अान्दाेलन नेपाल अन्तर्गत राष्टिय युवा फाेर्स (विशेष फाेर्स) का संयाेजक समेत हुन् ।

अशोक राईको नेतृत्वमा गठन भएको संघीय समाजवादी पार्टीमा युवा नेतृत्वमा रहेका तामाङ तीनवटा पार्टी एकतापछि समाजवादी युवा फोरमको सचिव तथा पार्टीको केन्द्रीय परिषद सदस्यको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
तामाङलाई उम्मेदवार बनाउनका लागि जिल्लाबाट सिफारिस भएर आइसकेको भए पनि पार्टी केन्द्रीय समितिबाट अनुमोदन हुन बाँकी छ ।

तामाङ २०७० सालकाे संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी नेपालमार्फत साेही क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बनेका थिए । उनले साे क्षेत्रबाट १९ जना दलीय प्रतिस्पर्धीहरूमध्ये चाैथाे स्थानकाे मत प्राप्त गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *