Loading...
फोरम र राजपालाइ पेन्डुलम बनाउने कांग्रेसको रणनिति, जहाँ मिल्दा जितिन्छ, त्यहाँ मात्रै तालमेल

सरोज खिलाडी

८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले राजपा र संघीय फोरमको मागअनुसार प्रतिनिधिसभाको ५५ सिट दिन नसकिने बताएको छ । उसले जहाँ तालमेल गर्दा वाम गठबन्धनलाई जित्न सकिन्छ त्यहा मात्र तालमेल गर्ने बताएको छ । कांग्रेसले अहिले बिहान ८ बजे राजपा र संघीय फोरमसँग चुनावी तालेमलबारे औपचारिक वार्ता गर्दैछ ।

बुधबार कार्यदल स्तरमा भएको छलफलमा राजपा र संघीय फोरमले प्रतिनिधिसभामा ५५ र प्रदेशमा १३१ सिटको दाबी प्रस्तुत गरेका छन् । तर, कांग्रेसले राजपा र फोरमको दाबी आधारहीन भएको बताएको छ । उसले राजपा र फोरम लाइ समातेर जहा जितिन्छ त्यो ठाउमा मात्र तालमेल गर्ने रणनिति अपनाएको छ कांग्रेस, एमाले र माओबादिले जहिले पनि आफू हरुलाई गाह्रो हुदा मधेश बादिलाई मोहरा बनाउने गरेको हुनाले यस बाट राजपा र फोरम सचेत हुनु पर्ने अबस्था रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *