
सरोज खिलाडी
९ कात्तिक, काठमाडौं । कांग्रेस लाइ परेको बेलामा आफ्नो स्वार्थका लागि मधेशी दललाइ प्रयोग गर्ने गरेको कुरा सबै मधेशबादी नेताहरुलाई थाहै छ । त्यसो त संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समय समयमा बाम गठबन्धनबाट कांग्रेस आत्तिएको कुरा बताउदै आउनुभएको छ । एमाले र माओबादिले मिलेर बाम गठबन्धन बनाएपछि कम्मर कसेर लोकतान्त्रिक गठबन्धन बनाउन कम्मर कसेका कांग्रेस वा शेरबहादुर देउवाले फोरम र राजपाले मागेको जति सिट नदिने स्पष्ट पारेको छ ।
उसले ५५ सिट नदेने स्पस्ट पारेपछि फोरम नेपालका एक नेताका अनुसार अहिले ८ बजे हुने छलफलमा फोरम र राजपा पनि लोकतान्त्रिक गठबन्धनमा नमिल्ने निश्चित छ । कांग्रेसले स्विट पोइजन जस्तो बनेर हाम्रो सहयोगमा मधेशमा जित्ने तर कांग्रेसको सहयोगमा हामि पहाडमा नजिते उसंग किन मिल्ने ? राजपाका एक नेताले भनेका छन् यी कुराहरुलाइ मध्ये नजर गर्ने हो भने फोरम र राजपा सतर्कता अपनाएको बुझिन्छ ।
अहिले आम बुझाइ के रहेको छ भने पहाडमा बाम गठबन्धनले राम्रो जित हासिल गर्छ भने प्रदेश न. २ सहित अन्य प्रदेशका कतिपय जिल्लामा मधेशबादी दलले राम्रो जित हासिल गर्न सक्छ त्यसो हो भने यस पालिको चुनाबमा कांग्रेस नराम्ररी हार्ने निश्चित छ ।
Facebook Comments