Loading...
बारामा कांग्रेस फोरम र राजापा मिले बाम गठबन्धनलाइ सकस, बामलाई स्वास फेर्न गाह्रोहुने

२०७० संविधान सभा निर्वाचन बारा ६ क्षेत्रमध्ये कांग्रेस र एमालेले आधा आधा सिटमा जित निकालेका थिए। २०७४ को स्थानीय तहमा निर्वाचनमा आइपुग्दा यी दुबै दलले जिल्लाका अधिकांश स्थानीय तह जितेका छन्। बाराका दुई उपमहानगरमध्ये कलैया कांग्रेसले जितेको छ भने जितपुर–सिमरा एमालेको पोल्टामा परेको छ।

स्थानीय तहको निर्वाचनमा बाराका ४ क्षेत्रका वडाहरुको मत जोड्दा कांग्रेस र एमाले २–२ स्थानमा अगाडि छन्। कांग्रेससँग मिसिएको नेपाल लोकतान्त्रिक फोरम मत पनि जोड्दा भने ४ वटै क्षेत्रमा एमालेभन्दा कांग्रेस बलियो देखिन्छ। उसले एक्लै एमाले–माओवादी  गठबन्धनसँग भने प्रतिष्पर्धा गर्न सक्ने अवस्था छैन। कांग्रेस–राजपा–फोरमको गठबन्धन बन्दा भने बाराका चारै क्षेत्रमा  वाम गठबन्धनलाई  चुनाव जित्न निकै कठिन हुने देखिन्छ।

क्षेत्र नम्बर १
बाराको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस अगाडि छ। यो क्षेत्रमा बारागढी, सिम्रौनगढ नगरपालिका लगायत स्थानीय तह पर्छन्। यो क्षेत्रअन्तर्गत पर्ने स्थानीय तहका वडामा नेपाली कांग्रेसले २० हजार ७१ मत ल्याएको छ। दोश्रोमा रहेको एमालेले १८ हजार ७२ मत पाएको छ।

यहाँ माओवादी केन्द्रले ८ हजार २ सय ७३ मत ल्याएको छ। फोरमले ६ हजार ८ सय ८३ र राजपाले ६ हजार २ सय ५६ ल्याएको छ। यो क्षेत्रमा एमाले–माओवादीको मत २६ हजार ३ सय ४५ छ। राजपा–फोरमको मत १३ हजार १ सय ३९ छ। कांग्रेस–राजपा–फोरमको मत जोड्दा ३३ हजार २ सय १० हुन्छ।

क्षेत्र नम्बर २
क्षेत्र नम्बर २ मा पनि कांग्रेस नै बलियोे छ। कांग्रेसको मत १४ हजार ५ सय ६ छ। यहाँ संघीय समाजवादी फोरमको १२ हजार ७ सय ४२ मत छ। माओवादी केन्द्रको १० हजार ३ सय ५६, एमालेको ९ हजार ४सय ५९ मत छ। राजपाको ८ हजार ७ सय ४२ मत र लोकतान्त्रिक फोरमको ९ सय ३३ रहेको छ।

यो क्षेत्रमा कोल्हवी नगरपालिका, सुवर्ण गाउँपालिका लगायतका स्थानीय तह पर्छन्। यो क्षेत्रका वडामा एमाले–माओवादी मत जोड्दा १९ हजार ८ सय १५ रहेको छ। राजपा–फोरमको मत जोड्दा २१ हजार ४ सय ५४ हुन आउँछ।

एमाले–माओवादीभन्दा राजपा–फोरम गठबन्धन यो क्षेत्रमा बलियो देखिएको छ । कांग्रेसको समेत मत जोड्ने हो भने ३६ हजार २ सय २० हुन्छ।

क्षेत्र नम्बर ३
बारा क्षेत्र नम्बर ३ मा जीतपुर–सिमरा उपमहानगरका ८ वडा, कलैया उपमहानगरका २६ वडा लगायत स्थानीय तह पर्छन्। यो क्षेत्रमा कांग्रेसभन्दा एमाले केही मतले अगाडि छ।

नेकपा एमालेले यो क्षेत्रमा १४ हजार ७ सय १० मत ल्याएको छ भने कांग्रेसले १४ हजार ४ सय ६० मत ल्याएको छ। माओवादी केन्द्रको १० हजार २ सय २ मत, फोरमको ८ हजार ९ सय ८२, राजपाको ३ हजार ७ सय १ र कांग्रेससँग एकता गरेको लोकतान्त्रिक फोरमको १ हजार ५२ मत रहेको छ।

एमाले–माओवादी मत जोड्दा २४ हजार ९ सय १२ हुन्छ। राजपा–फोरमको मत १२ हजार ६ सय ८३ मत हुन्छ। कांग्रेस–राजपा–फोरमको मत जोड्दा २८ हजार १ सय ९३ हुन्छ।

क्षेत्र नम्बर ४
बारा क्षेत्र नम्बर ४ मा जितपुर–सिमरा उपमहानगरका १६ वडा, विश्रामपुर गाउँपालिका लगायत स्थानीय तह पर्छन्। यो क्षेत्रका स्थानीय तहका वडाको मतलाई आधार मान्ने हो भने एमाले अगाडि छ।

यो क्षेत्रमा एमालेले १३ हजार ५ सय १५ मत ल्याएको छ। कांग्रेसको १२ हजार ५ सय ८६,माओवादी केन्द्रको १० हजार ८ सय ९० रहेको छ। राजपाले ९ हजार ४ सय २८, फोरमले ४ हजार ६ सय ८७ मत ल्याएको छ।

कांग्रेससँग एकता गरेको लोकतान्त्रिक फोरमले यो क्षेत्रमा ३ हजार ४ सय ७० मत ल्याएको छ। एमाले माओवादीको मत जोड्दा २४ हजार ४ सय ५ हुन्छ। राजपा–फोरमको १४ हजार १ सय १५ मत रहेको छ।

कांग्रेस–राजपा–फोरमको मत जोड्ने हो भने ३० हजार १ सय ७१ मत रहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *