Loading...
पर्सामा फोरमलाई सर्वोत्कृष्ट पार्टी बनाएका मधेशी योद्धा प्रदिप यादवको जित सुनिश्चित

वीरगन्ज, कार्तिक ०८ – संघीय समाजवादी फोरम नेपालको तर्फा बाट पर्सा जिल्ल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाका लागी उम्मेदवार पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादवको जित सुनिस्चित भएको देखिन्छ ।

निर्वाचनको मिती नजिकिदै जाँदा समेत संघीय समाजवादी फोरम नेपाल बाहेक अन्य कुनै दलले प्रतिनिधी सभाको निर्वाचनको लागि सो क्षेत्रमा आफ्नो उम्मेदवार अगाडी नसारे पछी यादवको जित सुनिस्चित जस्तो देखिएको छ । केहि दलले आफ्ना उम्मेदवारको नाम आगाडी सारे पनी उनीहरुको निर्वाचन क्षेत्र र जिल्लामा खासै प्रभाव नभएको हुनाले नेता यादवको जित पक्का-पक्की जस्तै भएको छ । अर्को तिर मुख्य तिन दल आफ्नो आन्तरिक कहलमा जुझेका कारण पनी आफ्नो उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

विगत २ दसक देखि विभिन्न पार्टीमा आबद्ध रही पर्सा जिल्लामा सक्रिय राजनिती गर्दै आएका प्रदीप यादवले मधेसमा भएका विभिन्न आन्दोलनहरुमा अहम भूमिका निर्वाह गर्दै आएका छन् । अहिले पर्सा जिल्लाको सबैभन्दा शक्तिशाली नेताको रुपमा उदाएका यादवले स्थानीय तहमा नेपाली कांग्रेसको गढ़ मानिने पर्सा जिल्लामा फोरम नेपाललाई वीरगन्ज महानगर सहित अन्य कयौं गाउँपालिकामा विजयी गराई जिल्लाकै सर्वोत्कृष्ट पार्टी बनाए पछि वहाँको चर्चा अहिले राष्ट्रिय स्तरको राजनितीमा समेत भईरहेको छ ।

तेश्रो मधेस आन्दोलनमा पर्सा जिल्लाको कमाण्ड सम्भालेका यादवको वीरगन्ज नाका भएको नाकाबन्दी देखी सडक आन्दोलनमा प्रत्यक्ष सहभागिता रहेको थियो । वीरगन्जमा भएको मधेस आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्नेनेता प्रदीप यादवको सबैभन्दा धेरै मिहिनेत रहेको थियो ।

दोश्रो संविधान सभाको निर्वाचनमा सामान्य मतले पराजीत भएका यादवलाई यसपटक अन्य कुनै विकल्प नभएको कारण जनताले चुन्ने निश्चित छ किनभने पराजय पश्चात पनी जनताको विच रहेर निरन्तर सेवा गर्ने यादवको बानी र जनाप्रेमी भावनाका कारण जनताले उनलाई मत हाल्ने छन् । साथै पर्सा क्षेत्र नम्बर १ मा पर्ने विभिन्न वडाहरु फोरम नेपालको गढ़ भएको कारण पनी यादवले जित हासिल गर्ने निश्चित भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *