
सरोज खिलाडी
दशकौ देखिको मधेशीको सपना सकार भएको छ । दशैं, तिहारमा ३-६ दिनको बिदा र छठ मा जम्मा १ दिनको बिदा दिने भनि मधेशी जनताले बिरोध जनाउदै आएका थिए । हरेक बर्ष बिदाको लागि संघर्ष गरेपनि यस बर्ष मधेशीको सपना सकार भएको छ । यो बिदाको लागि तराई मधेश राष्ट्रिय परिषदले बिशेष पहल गरेको छ । तराई मधेश राष्ट्रिय परिषदको ध्यानाकर्शनपछि सरकार दुइ दिन बिदा दिन तयार भएको छ ।
तराई मधेश राष्ट्रिय परिषदका अगुवा सदस्य आनन्द गुप्ताका अनुशार प्रधानमन्त्रि शेर बहादुर देउवाले भोलि समेत बिदा दिन गृह मन्त्रिलाइ आदेश दिएको छ । तर गृह मन्त्रालयले भने बिज्ञप्ति निकाल्न बाकिरहेको छ । साझ सम्म बिज्ञप्ति निकाल्ने गृहको योजना रहेको छ ।
तराई मधेश राष्ट्रिय परिषदका अगुवा सदस्य आनन्द गुप्ताले फेसबुकमा यस्तो जानकारी दिनु भएको छ ।
Facebook Comments