Loading...
मधेश आंदोलनका अगुवा नेता कौशर खानको प्रत्यक्ष पदमा उम्मेदवारीले रौतहटबासी उत्साहित

==================================

रौतहट, ९ कार्तिक मधेश आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरी चर्चामा आएका युवा नेता कौशर खान मिथिला अस्थानीय चुनावमा दावेदार र जनप्रिय नेता कौशर खान मिथिला पार्टीको आंतरिक कारणले टिकेट काटिए पनि गणतन्त्र गठबन्धन बाट पाएको अस्वासनको आधार र जनता को चाहना बमोजिम प्रदेश सभाको चुनावमा भिडदै छन् । मधेश आन्दोलनको वेलामा युवाहरुलाई नेतृत्व गर्दै अग्रपंक्तीमा आन्दोलनमा खटदै आएको खानलाई प्रहरीले पक्राउ गरी मुदा चलाउन खोजेपछि युवा माझ उनी झनै चर्चित बनेका थिए । ३घंटाको चरम यातना र २४ घंटा सम्म प्रहरी हिरासतमा परेका तथा महिनौ प्रहरीको निसानामा रहेका नेता खानले आन्दोलन गरी नै रहे ।
मधेशवादको वोकालत गर्दै राजनिति र समाजिक कार्यमा सक्रिय रहदै आएका खानलाई तत्कालीन संघीय समाजवादी फोरम, नेपाल पार्टी हाईकमानले केन्द्रीय समेत गरी सामान गरेका थिए तसर्थ पार्टीको विश्वासिलो पात्र रहेको समेत बुझिन्छ। पार्टीले खानलाई रौतहट निर्वाचन क्षेत्र न.४ को वाट प्रतिनिधि सभाको प्रत्येक्ष उम्मेदवार बनाउने योजना बनाएको छ । यो प्रतिनिधि सभा क्षेत्रमा पछिल्लो स्थानिय निर्वाचनमा फोरम नेपालले वढी जित वडाहरुमा हात पारेका छन ।जनमत फोरम नेपालकै देखिएकोले राजपा फोरम चुनावी गठबन्धनमा पनि नेता खानको उम्मेदवारीको प्रवल सम्भावना रहेको छ।
स्वच्छ छवी तथा क्रांतिकारी तार्किक भाषण गर्ने शैलीका कारण युवा विधार्थी माझ निकै नै चर्चित रहेक खानलाई पार्टीले विश्वास गरे जित पक्का रहेको युवा तथा वौद्धिक जमातको भनाई रहेको छ । राजनितकलाई समाजसँग जोडदै समाजको सर्वाङ्गिन विकास कसरी गर्न सकिन्छ ।
गरिबी, वेरोजगारी, लोडसेडिङ्ग,अन्धविश्वास, शिक्षा, स्वास्थ्य,संस्कृतिको विषयमा आफ्नो आवाज मार्फत तथा अभियानहरु मार्फत नयाँ नयाँ योजनाहरु रौतहटवासी लाई दिदै आएका खान रौतहटका वौद्धिक वर्गका मान्छे लिएर पत्रकार व्यापारी, युवा, विधार्थी, मधेशी, पहाडी समुदाय, महिला,दलित मुस्लिम लगायत सबै वर्गका जनताले विश्वास गर्दछन् । फोरम नेपालको संगठन विस्तारमा पनि निकै नै सक्रिय रहेका खान पार्टीको केन्द्रीय अस्तरमा राम्रो पहुच समेत रहेका छन् ।सानै उमेर देखि राजनितिक प्रति चासो राख्ने सवभावना भएका उहा मधेशको पटक/ पटकको आन्दोलनमा हुमिएका थिए। उहा २०६७ सालमा स्वतन्त्र मधेसी युवा फोर्सका जिल्ला अध्यक्ष पनि हुनु भएका
कौशर खान मिथिला संग संपर्क गर्दा पार्टी प्रति आफु बिस्वास्थ रहेको र आफुलाई पार्टीले टिकेट दिने लगभग तय रहेको जानकारी दिदै जित आफ्नो सुनिश्चित रहेको अस्पस्ट पारेका छान साथै रौतहट मात्रै हैन मधेश बाट वाममोर्चा को पता साफ समेत हुने खान बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *