Loading...
मधेश आन्दोलनका सर्बोच्च नेता तथा संघीयताका रक्षक उपेन्द्र यादव सप्तरीबाट उम्मेदवारी दिने

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जन्मथलो सप्तरीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने हुनुभएको छ । अध्यक्ष यादवले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने पार्टीका नेता शम्भु झाले जानकारी दिनुभयो । सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता, महदेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्दछन् ।
फोरम नेपाल र राजपासँगको गठबन्धनमा उहाँ यस क्षेत्रबाट उम्मेदबार बन्न लागेको बताइएको छ । सो क्षेत्रमा करिब ८६ हजार मतदाता रहेका छन् । सप्तरी क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिने भएको बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *