
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् प्रचार–प्रसार समितिका संयोजक बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी ओलीको राष्ट्रियता र सी.के. राउतको आन्दोलन उस्तै भएको बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा खाँडले विकास निर्माणका आयोजना निर्माण गर्न विदेसी कम्पनी आउँदा विरोध गर्ने, मुलुक समृद्ध बनाउन कुनै कार्यक्रम अघि सारेमा बिरोध गर्ने ओली राष्ट्रवादी नेता हुनै नसक्ने धारणा व्यक्त गरे ।
विखण्डनकारी सी.के. राउतको पदचाप एमालेका अध्यक्ष केपी ओलीले पछ्याइ रहेको उनको भनाइ थियो ।
‘पहिला तत्कालीन राजा ज्ञानेन्द्रले संसदीय व्यवस्थाको सीमारेखा पार गर्न खोज्दा सिद्धिएका थिए’, उनले भने, ‘अहिले कम्युनिष्ट गठबन्धनले जनप्रतिनिधिले जारी गरेको संविधानमा उल्लेखित संसदीय व्यवस्था परिवर्तन गर्न खोजे सिद्धिने छन् ।’
कांग्रेस नेता खाँडले वाम गठबन्धनप्रति संकेत गर्दै नेपालमा एकतन्त्रीय शासन चाहने जो सुकै शक्तिको अभिष्ट पूरा नहुने बताए ।
nepalpana
Facebook Comments