Loading...
राजा हुदा देश संघीयतामा थियो, अब त देशलाइ टुक्रियाइएको छ : अध्यक्ष भरत केसर सिंह

काठमाडौं कात्तिक १० , विश्व हिन्दू महासंघले पत्रकार सम्मेलनको आयोजना गर्दै राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि सम्पूर्ण राष्ट्रवादी शक्तिकेन्द्रलाइ एक ठाउमा उभिन आह्वान गरेको छ । महासंघका अध्यक्ष जनरल भरत केसर सिंहले गत कात्तिक ४ गते पूर्वराजाबाट व्यक्त भएको अभिव्यक्ति समय सान्दर्भिक, राजनीतिक स्थिति अनुकूल तथा स्वागतयोग्य भएको भन्दै राजाको अभिव्यक्तिमा निहित मार्मिकतालाइ मनन गर्दै राष्ट्रियता र राष्ट्रवादका लागि एक भएर अगि बढ्न सम्पूर्ण नेपालि जनतालाइ आग्रह गर्नु भएको छ । महासंघका अध्यक्ष जनरल भरत केसर सिंहले राजा हुदा देश संघीयता मा थियो तर अहिले संघीयता का नाम मा देशलाई टुक्रियाइएको समेत दाबी गर्नु भएको छ ।

अध्यक्ष सिंहले आफ्नो शालिनतालाइ राज्यले नजरअन्दाज गर्नेक्रममा पूर्णविराम नलगाए शालिनता विद्रोहमा परिणत हुने र लोक कल्याणका लागि भगवान श्री कृष्ण जस्तै भाला उठाउने समेत चेतावनी दिनु भएको छ । पत्रकार सम्मलेनमा महासचिव अस्मिता भण्डारी त्यस्तै गरि महासंघका पूर्व अध्यक्ष हेम बहादुर कार्की लगायतका वक्ताले राजाबाट अभिव्यक्त भनाइको सार्थकता र मुलुकको आवश्यकता भएको भन्दै अभिव्यक्त भावनाको सारतत्व अनुरुप आम राष्ट्रवादी नेपालीलाइ एकाकार हुन अपिल गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *