Loading...
राजविरावजबाट छुटेको बस त्रिशुलीमा दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १९ पुग्यो

धादिङ । राजविरावजबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खसेको छ । शनिबार बिहान करिब साढे ५ बजे ना६ख १४६७ नम्बरको संदेश ट्राभल्स त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । १९ जनाको लास फेला परेको छ । मृत्यु भएका १९ जना मध्ये यो समाचार तयार पार्दासम्म १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

एकाविहानै त्रिशुलीमा बस खस्यो । नदीमा परेका १३ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेर गजुरी अस्पतालमा उपचारका लागि लगेका थिए । उक्त बसमा करिब ५० जना यात्रु रहेको अनुमान गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *