
तेज राई,२७ अक्टोबर युएई/ नेपाली संघीय समाज युएईको पाचौं महाधिवेशन,आगामी ९ फेब्रुअरीमा, दुबईमा हुने भएको छ।
समाजका अध्यक्ष हरि बहादुर घर्तिमगरको अध्यक्षता,ससफो नेपालका पार्षद डेरराज गुरुङ,समाजका भुपु अध्यक्ष द्वय प्रमोद श्रेष्ठ र पासाङ रेन्जी शेर्पाको आतिथ्यतामा युएईको दुबईमा गत, २७ अक्टोबर शुक्रवार भएको समाजको ८औं बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै, हरि बहादुर घर्ती मगरको अध्यक्षतामा रहेको मौजुदा केन्द्रिय समितिको पदावधि आगामी ४ मार्चमा सकिने हुँदा,समाजको पाचौं महाधिवेशन ९ फेब्रुअरीमा दुबईमा गर्ने निर्णय गरेको छ।
महाधिवेशन भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न,उपाध्यक्ष बाबुराम लोप्चन,महासचिव तेज राई,किरात प्रादेशिक सम्योजक अन्चल राई,नेसंस युएईका महिला अध्यक्ष शुशी पुलामी मगर र केन्द्रिय केन्द्रिय सदस्य बि.राई रहेको, ५ सद्स्यिय तैयारी समिति चयन गरेको छ भने, भुपु अध्यक्ष पासाङरेन्जी शेर्पाको अध्यक्षतामा,समाजका प्रमुख सल्लाहकार कटक राई र सल्लाहकार मोहन कुमार तामाङ रहेको ३ सद्स्यिय निर्वाचन मण्डल निर्माण गरेको छ।
बैठकले प्रतिनिधी-सभा सद्स्य समानुपातिकको निम्ति, नेपाली सङ्घिय समाज युएईको तर्फवाट नाम प्रस्ताव गरिएका,खस-आर्यको तर्फवाट नवराज भुसाल,मधेस तथा मुस्लिम- मोहम्मद सिद्दिकी र आदिवासी जनजाति एवं महिलाको तर्फवाट शुशी पुलामी मगरलाई बधाई तथा शुभकामना दिइएको थियो।
साथै पार्टी अहिले,प्रतिनिधि-सभा र प्रादेशिक-सभामा सामाजिक-न्याय,पहिचान र अधिकारको निम्ति युद्ध मैदानमा उत्रेको हुँदा, पार्टीलाई प्रवासवाट हुन र गर्न सक्ने सहयोग गर्न गराउन गर्ने सवै किसिमका उपाय अवलम्बन गर्ने गराउने समेत निर्णय गरेको छ।
सचिव केहर सिं श्रीस मगरले सन्चालन गरेको कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष दिपराज न्योहाङले स्वागत गर्नुभएको थियो।
Facebook Comments