
ताप्लेजुङ, ११ कात्तिक । अहिले मधेशमा झैँ पहाडमा समेत सधै फोरम नेपालमा केन्द्रिय नेताहरु पार्टी प्रवेश गर्न थालेका छन् । संघीय लिम्बुवान मञ्च ताप्लेजुङ जिल्ला अध्यक्ष किर्तीमान मादेन संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । यसैगरी राप्रपा ताप्लेजुङ जिल्ला अध्यक्ष चन्द्र मादेन पनि संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।
संघीय समाजवादी फोरम ताप्लेजुङ जिल्ला कमिटिले शनिबार ताप्लेजुङको फुङलिङमा आयोजना गरेको कार्यक्रममा उनीहरु संघीय फोरममा प्रवेश गरेका हुन् । सो क्रममा नेपाली कांग्रेसका नेता तेजेन्द्रप्रसाद राईसमेत कांग्रेस परित्याग गरी संघीय फोरममा प्रवेश गरेका छन् । तिन दलका जिल्लाका शीर्ष नेताहरुका साथमा करिब १ सयजना कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । सो क्रममा नयाँ शक्ति पार्टीका नेता समेत प्रवेश गरेका छन् ।
संघीय फोरम मात्रै पहिचान र संघीयताको पक्षमा दृढ रहेकाले आफूहरु पहिचानवादीहरुको शक्ति निर्माणको अभियान अनुरुप पार्टी प्रवेश गरेको किर्तीमान मादेनले बताए ।
Facebook Comments