Loading...
त्रिशुली दुर्घटना अपडेट: त्रिशुली नदीमा बस खस्दा मृत्यू हुनेको संख्या ३० पुग्यो नामावली सहित

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् ।

मतृक मध्ये १२ जनाको सनाखत भएको छ ।सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।घाइतेहरुका अनुसार बसमा ६४ यात्रु थिए । १६ जना घाइतेको उद्दार गरिएको छ ।

बसले थिचेको हुनसक्ने आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।यो समाचार तयार पार्दासम्म १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकाहरू मध्ये १० जना सप्तरी जिल्लाका रहेका छन् भने एक जना सिरहा र एक जना भारतीय नागरिक रहेका छन् ।हालसम्म सनाखत भएका १२ जना मृतकको नामावली :

नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा – सप्तरी
आदित्य यादव – सप्तरी
ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी
चन्ऽरेखा प्रमणी – सप्तरी
मन्जित कुमार झा – सप्तरी
चन्द्रावती झा – सप्तरी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *