Loading...
बेल्वाका एमाले नेता सुलेमान फोरम नेपाल प्रवेश गर्दै भने–‘एमालेमा व्यक्तिवादी चिन्तन हाबी’

वीरगंज ,११ कार्तिक – संघीय समाजवादी फोरम नेपाल पर्साले शनिवार वीरगंज महानगरपालिका वडा नम्बर ३१ बेल्वामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । भेडीहारी टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका वडा स्तरीय प्रभावशाली दर्जनौ नेताहरु फोरम नेपालमा प्रवेश गरेका छन् । एमालेको सिद्धान्त र गतिविधीबाट असन्तुष्ट बन्दै उनीहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।

एमाले पर्सा सचिवालय सदस्य किसमती देवी थरुनीको नेतृत्वमा सुलेमान अन्सारी, चम्पा देवी, दुर्गावती देवी, कुसमी देवीलगायत दर्जनौ नेता–कार्यकर्ताहरु फोरम नेपालमा आएका हुन् । सुलेमान अन्सारी पछिल्लो स्थानिय चुनावमा एमालेको वागी उम्मेदवार हुन् ।सुलेमान एमालेबाट टिकट नपाएर असन्तुष्ट बन्दै स्वतन्त्रबाट वडा अध्यक्षमा चुनाव लडेका थिए । समाजिक कार्यकर्ताको पहिचान हासिल गरेका सुलेमान वडा अध्यक्षको नतिजामा दोस्रो नम्बरमा रहन सफल समेत भएका थिए ।

कार्यक्रममा बोल्दै नेता सुलेमानले एमाले व्यक्तिवादी चिन्तनमा चल्ने पार्टी भएको बताएका छन् । लामो समय देखी एमालेमा योगदान गर्दै आएतापनि सिमित व्यक्तिको निर्णयमा एमाले चल्ने भएकोले आफु जस्ता इमान्दर कार्यकर्ताको मूल्याकन हुन नसकेको उनले चर्चा गरे ।एमाले परित्याग गरी मधेसी मुद्दामा संघर्षरत पार्टी फोरम नेपालमा प्रवेश गरेर अत्यन्त खुशी लागेको उनले बताए ।

‘एमालेमा पैसाको बलमा टिकट बिक्री हुन्छ ,’उनले भने ,‘सच्चा र निष्ठावान कार्यकर्ताको कुनै मुल्याङ्कन हुदैन ।’ व्यक्तिगत चिन्तन हावी भएकोले आजको समयमा हजारौ एमाले कार्यकर्ता अर्कै पार्टी तर्फ लाग्न थालेको उनको भनाइ छ ।यसले अगामि निर्वाचनमा एमालेलाई ठुलो समस्य निम्त्याउने उनको बुझाई छ ।एमालेले अब चौतर्फी हार भोग्नु बाहेक अन्य विकल्प नरहेको पनि उनले जिकिर गरे ।

नवप्रवेशीहरुलाई अबिर माला लगाई संघीय समाजवादी फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादवले स्वागत गरेका थिए ।पार्टीका केन्द्रीय सदस्य प्रहलाद गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममामा केन्द्रीय सदस्य तथा पर्सा ईन्चार्ज वीरेन्द्र यादव ,वीरगंजका पुर्व मेयर द्वय बिमल श्रीवास्तव ,प्रदीप सुवेदी ,रामनरेश यादव ,सुन्दर प्रसाद कुर्मी ,जीतेन्द्र यादवलगायतले मन्त्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *