Loading...
माओबादि अराजक बन्दै, मधेसको संस्कृतिमाथि माओवादीले गर्यो कडा प्रहार

काठमाडौं । विराटनगरका मेयर भीम पराजुलीले छठ पर्व अनौठो तरिकाले मनाएपछि  नेकपा माओवादी केन्द्रका समर्थकले कडा आलोचना गरेका छन् । धर्मविरोधीको आरोप खेप्दै आएको माओवादीका समर्थकले विरोध गरेर त्यसलाई झनै पुष्टि गरिदिएका छन् ।

विशेषगरी तराईमा मनाइने छठ पर्वको अवसरमा कांग्रेसबाट निर्वाचित विराटनगरका मेयर पराजुलीले अनौठो तरिका अपनाए । उदाउँदो सूर्यलाई शुक्रबार बिहानै अर्घ दिने क्रममा छठको विशेष पूजा गर्दै उनले अस्ताउँदो सूर्यलाई अर्घ दिन डेढ किलोमिटर टाढासम्म घस्रेर पुगे । उनी घस्रेर सूर्यलाई अर्घ दिन पुगेको समाचारमा पनि प्रकाशित भयो । हामीले पनि प्रकाशित गर्यौं ।

तर, माओवादीका एक समर्थक आनन्द भुषालले मेयर पराजुलीको आलोचना गर्दै ‘यस्ता अन्धविश्वासी, ढोंगी, पाखण्डले जनतालाई भ्रममा बाँच्न सिकाउछन्’ भने । उनको यो प्रतिक्रिया मधेसको ठूलो पर्व छठको ठाडो विरोध र अपमान हो ।

यस्तो बेला मधेसबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका शीर्ष नेताहरु भने मौन छन् । मधेसको अधिकारको लागि भन्दै कुर्लनेहरु मधेसको संस्कृतिमाथि आफ्नै पार्टीबाट प्रहार भइरहदा एक शब्द बोलेका छैनन् ।

खासगरी मधेसबाट केन्द्रमा प्रभाव राख्ने नेताहरु प्रभु शाह र मात्रिका यादव मधेसको संस्कृतिमाथि यस्तो प्रहार भइरहदा कुन दुलोमा पसे भनेर मधेसी जनताले विरोध गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *