Loading...
चुनावमा मधेस केन्द्रित दलहरूलाई जसरी पनि हराउने बाम गठबन्धनको तयारि

काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा एमाले र माओवादी केन्द्रले आफ्ना कार्यक्रमलाई तीब्रताका साथ अगाडि बढाउने तयारी गरेका छन् ।
दुबै दलका शीर्ष नेताहरूले चुनावी सभाहरूलाई सम्बोधन गर्ने गरेर कार्यक्रमहरूको तयारी भइरहेको छ । स्रोतका अनुसार चुनावी सभाहरूलाई एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा सम्बोधन गर्ने गरेर कार्यक्रम बनाउने विषयमा छलफल भइरहेको छ ।
त्यति मात्रै होइन एमाले र माओवादी केन्द्रका चुनावी रणनीति बनाउने गरेर बस्ने बैठकहरूलाई पनि ओली–प्रचण्डले सम्बोधन गर्ने गरेर जानेबारेमा पनि छलफल भइरहेको छ । उनीहरूले चुनावमा कांग्रेस र मधेस केन्द्रित दलहरूलाई जसरी पनि धक्का दिने गरेर योजनाहरू बनाएको स्रोतको भनाइ छ ।
चुनावी नतिजालाई आफ्नो पक्षमा बनाउने अभियानमा लागेका एमाले र माओवादी केन्द्रका नेताहरूले चुनावी रणनीतिलाई पनि अन्तिम रुप दिएको स्रोतको भनाइ छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *