
वीरगन्ज, कार्तिक ११ – संघीय समाजवादी फोरम नेपाल, पर्साले सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी-५ घाटबेसीबाट त्रिशुली नदीमा खसि मृत्यु भएकाहरु प्रति गहिरो दु:ख प्रकट गरेको छ ।
पार्टीले शोक सन्तप्त परिवारजनहरु प्रति धैर्य धारण गर्न अनुरोध गर्दै समवेदना प्रकट गरेको छ । पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादवले आज एक विज्ञप्ती जारी गर्दै दुर्घटनामा परेका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ ।
यादवले उक्त दुर्घटनामा परी वेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । उनले उद्धारकार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस तथा स्थानीय जनहरुप्रति विज्ञप्तीमार्फत आभार समेत प्रकत गर्नु भएको छ ।
विज्ञप्ति मार्फत यादवले घाइतेहरुलाई सुविधायुक्त अस्पतालमा छिटो भन्दा छिटो पुर्याई नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था तथा मृत्युवरण हुनेहरुको परिवारलाई क्षतिपूर्ति राज्यबाट व्यवस्था गर्न माग समेत गर्नु भएको छ ।

Facebook Comments