Loading...
मधेसविरोधी एमालेसँग माओवादीले सहकार्यगरेको भन्दै नेता सम्भुलाल श्रेष्ठदवारा पार्टी परित्याग

काठमाडौं । एमालेसँग वाम गठबन्धन गरेपछि असन्तुष्ट रहेका नेकपा माओवादी केन्द्रका एक प्रभावशाली नेताले पार्टी परित्याग गरेका छन् ।

मधेसविरोधी एमालेसँग माओवादीले गरेको वाम गठबन्धनबाट असन्तुष्ट मधेसका प्रभावशाली नेता सम्भुलाल श्रेष्ठले पार्टी परित्याग गर्न लागेका हुन् । अब उनी कांग्रेस प्रवेश गर्ने अन्तिम तयारीमा रहेको स्रोतले बतायो ।

दोश्रो संविधानसभाको निर्वाचनमा सर्लाही क्षेत्र नं १ बाट भारी मतका साथ निर्वाचित निवर्तमान साँसद एवम् बहालबाला मन्त्री समेत रहेका श्रेष्ठलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्ने बताइएको छ ।

लोकतान्त्रिक बिचारधारामा विश्वास राख्ने साँसद श्रेष्ठ सर्लाही १ मा जनमत भएका नेतामा पर्छन् । श्रेष्ठ काँग्रेस प्रवेश गर्ने निर्णयसँगै सर्लाहीका जनतामा उत्साह बढेको स्थानीयहरुले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *