
१२ कात्तिक, सिरहा । सिरहाको कर्जन्हा-२ मा भाइको हत्याको अरोपमा पक्राउ परेकी १६ वर्षीया किशोरी प्रियंका यादवले आज प्रहरी चौकीमै आत्महत्या गरेकी छन् ।
आफ्नो यौन सम्बन्ध लुकाउन ठूलोबुबाका छोरा (भाइ) भवेश यादवको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको थियो ।
मिर्चैयाको इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको थियो । साँझ ५ बजेतिर प्रहरीको अनुमतिमा चौकीकै बाथरुममा नुहाउन छिरेकी प्रियंकाले सलको पासो लगाएर आत्महत्या गरेको बिष्णुपुर प्रहरी चौकीले बताएको छ ।
Facebook Comments