Loading...
एमाले र माओवादीबीच वाम गठबन्धन भएपछि पार्टी एकता हुन कठिन, कुराकाट्दै बस्छन नेताहरु

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएपछि पार्टी एकता हुन कठिन देखिएपछि नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अब वाम एकताबाट कोही पनि भाग्न नपाउने बताएका छन् । नेपालका कम्युनिष्टहरुका कारण देशमा ठूलाठूला परिवर्तन भएकोले अब जनताको समृद्धिका लागि बाम एकताबाट कोही भाग्न नहुने उनले बताए ।

‘संघीय गणतन्त्र नेपाल स्थापना गर्न सबैभन्दा ठूलो योगदान नेपालका बामपन्थीको छ, कम्युनिष्टहरु बलिदान नचढेको सबैभन्दा बढी जनताका मौलिक हक भएको संविधान संविधान सभाबाट आउँदैनथ्यो,’ एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्त बाम भेलालाई सम्बोधन गर्दै उनले भने ‘चुनावमा बहुमत ल्याउनु एउटा साधन हो, साध्य निकालौँ जनताको समृद्धि ।’

उनले कम्युनिष्टहरु धेरैदिन सरकारमा बस्न नपाएपनि बसेको समयमा छाप रहनेगरी काम गरेकोले देशको समृद्धि कम्युनिष्टले मात्र ल्याउने बताए । उनले बाम तालमेलले प्रतिकृयाबादी बृत्तमा भूईँचालो गएकोले कम्युनिष्टहरुले अधिनायकबाद ल्याउने हौवा पिटाएको आरोप लगाए । ‘यो चिलआयो भनेर हल्ला गरेर आफूले कुखुरा चोर्ने धुत्र्याईँ, अरु कुनै बैचारिक प्रतिस्पर्धा गर्ने सामथ्र्य नभएपछि जनमत भड्काउने भारतसंग मिलेर अन्तर्राष्ट्रिय शक्ति भड्काउन सकिन्छ कि भनेर गरिएको षड्यन्त्र हो,’ उनले भने, ‘हतास मानसिकता र निभ्ने बेलाको बत्ति हो ।’

उनले मतपत्र फरक फरक भएपनि चुनाव हुन नदिनका लागि बदमासी गरिएको आरोप लगाए । ‘२ मतपत्रमा ४ फरक फरक खण्ड छन, यस्ता बदमास प्रश्नहरुमा अल्झेर चुनाव भाँड्ने षड्यन्त्र हुँदै छ,’ उनले भने ।

ज्ञवालीले हिँजोका भावनात्मक घाउहरु भएकोले त्यसलाई पुर्न जरुरी भएको पनि बताए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *