Loading...
कांग्रेसले तयारपारेको घोषणा-पत्र भोलि सार्वजनिक गर्ने, उत्कृष बनाउन यस्ताकुराहरु राखेका छन् !

काठमाडौं १३, कात्तिक । नेपाली काँग्रेसले मंगलबार मध्याह्न साढे १२ बजे घोषणा गरिने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि पार्टीले केन्द्रीय तहमा पार्टीको घोषणापत्र तयार भईसकेकोले मंगलबार सार्वजनिक गर्ने तयारी रहेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

यसपटक मुलुकका दुई मुख्य कम्युनिष्ट शक्तिहरु एक भएर चुनाव लड्न लागेकोले काँग्रेसले पनि उनीहरुको भन्दा उत्कृष्ट घोषणापत्र तयार गरिएको काँग्रेसले जनाएको छ । बाम गठबन्धनपछि एमाले माओवादीले एउटै घोषणापत्रबाट चुनाव लड्दैछन् । यद्यपि उनीहरुले औपचारिक कार्यक्रम मार्फत् घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् ।

काँग्रेसले यो पटकको चुनावी नारा ‘काँग्रेसको नेतृत्वमा शान्ति र स‌ंविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नै राखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *