Loading...
वाम गठबन्धननिकट संस्थाले हिन्दू/बुद्धधर्म मास्नपाउ भन्दैपुगे बालुवाटार, देउवाले हपारेरपठाए !

काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र परिवार दल निकट नेपाल ख्रिष्टियन समाजले ‘हिन्दू र बुद्ध धर्म मास्ने र जबरजस्त क्रिश्चियनलाई विस्तार’ गर्ने मागसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले धर्म परिवर्तन गराउन नपाइने र गरेको पाइए सिधै ५ वर्ष जेल हाल्ने कानून ल्याएपछि क्रिश्चियन धर्मको जबरजस्त प्रचारमा लागेको ख्रिष्टियन समाज आफ्नो रोजीरोटी नै गुम्ने अवस्था आएपछि हारगुहार गर्दै बालुवाटार पुगेको हो ।

रोचक कुरा त के भने नेपाल ख्रिष्टियन समाज एमाले, माओवादी केन्द्र र परिवार दलनिकट रहेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकाल त नेपालमा क्रिश्चियनीटी विस्तारका प्रमुख राजनीतिक पात्र नै हुन् । उनले नै एमालेका माधव नेपालदेखि ईश्वर पोखरेल र माओवादीका सांसद सम्म उत्तर कोरियादेखि पुरै युरोपसम्म बेला बेला घुमाउने गरेका छन् । चाँहे त्यो केपी ओलीको सरकारका पालामा होस् चाँहे माओवादी केन्द्र नेतृत्वको सरकामा क्रिश्मस डे मा विदा दिइएको छ । क्रिश्मसमा विदा हटाउने निर्णय तत्कालिन सुशील कोइराला सरकारले गरेपनि ओली सरकारले पुनः दिएको थियो । त्यस्तै, माओवादी केन्द्रको दबाबमा प्रचण्ड प्रधानमन्त्री भएको सरकारमा कांग्रेसका गृहमन्त्री विमलेन्द्र निधि क्रिश्चियनलाई विदा दिन बाध्य भएका थिए । यसरी नेपाल ख्रिष्टियन समाजसँग एमाले र माओवादीको निकै घनिष्ट सम्बन्धन छ । र, यसरी वाम गठबन्धनको समर्थन पाइसकेपछि ख्रिष्टियन समाजका पदाधिकारी अब प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई घेराबन्दीमा पार्न प्रयास थालेका हुन् ।

उनीहरुले बालुवाटारमा अरुको धर्म नष्ट गर्न नपाउने कानुनको विरोध गर्दै कानूनमा संशोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको थिए ।

शुक्रबार प्रधानमन्त्री निबास बालुवाटारमा ज्ञापन पत्र बुझाउँदै नयाँ कानूनमा धर्म परिवर्तनलाई दण्डनीय बनाएकोमा नागरिकले धर्म मान्न पाउने स्वतन्त्रतालाई हनन् गरेको दाबी गर्दै ख्रिष्टियनहरुले संशोधनको माग गरेका थिए ।

लोकतन्त्रमा नागरिकले आफ्नो इच्छा अनुसार धर्म छान्न र आश्था राख्न वा परिवर्तन गर्न पाउनुपर्छ भन्ने कुरा राख्दै अल्पसंख्यक धर्महरूलाई राज्यबाट समान दृष्टिबाट हेर्नुपर्ने साथै संविधानको भाग ३ को धारा २६ को उपधारा ३ मा उल्लेख भएको धर्मपरिवर्तन गराउन नपाइने भन्ने व्यवस्था हटाइनुपर्ने र फौजदारी ऐन २०७४ को परिच्छेद ९ को ‘धर्म सम्बन्धी कसूर’ दफा १५५, १५७ र १५८ संशोधन गर्नुपर्ने उनीहरुको माग छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले क्रिसमस बिदा दिइराखेको छ, अरु के चाँहियो भन्दै हापरेका थिए । उनले यस विषयमा पछि अध्धयन गरेर केही सोच्न सकिने भन्दै बाहिर पठाएका थिए ।

देउवाले हपारेपछि ख्रिष्टियन समाजका पदाधिकारी हिन्दू धर्मको अनुयायी पार्टी कांग्रेसमाथि दबाब बढाउन शुक्रबार नै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि भेटेर ज्ञापन पत्र बुझाएको छ । साथै मानव अधिकार आयोग सदस्य मोहना अन्सारीलाई भेटेर आफ्नो कुरा राखेर ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउन नेपाल ख्रिष्टियन समाजबाट अध्यक्ष बर्णबास श्रेष्ठ, सहअध्यक्ष टंक सुबेदी, महासचिव डिल्लीराम पौडेल, सचिव मुकुन्द शर्मा, कोषाध्यक्ष राजेन्द्र मल्लसहित मिडियाकर्मीहरू रेलिजियस लिवर्टीबाट गरी १० जनाको समूह गएको थियो ।

nepalpana

Leave a Reply

Your email address will not be published. Required fields are marked *