Loading...
वाम गठबन्धनबाट लोकतन्त्र खतरामा परेको नेपाली कांग्रेसका नेता एनपी साउदको दाबी

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वाम गठबन्धनबाट लोकतन्त्र खतरामा परेको टिप्पणी गरेका छन् । ‘कम्युनिष्ट पार्टीहरुको एकता कांग्रेस मात्र नभई प्रजातान्त्रिक शक्ति र समग्र देशका लागि नै चुनौति हो,’ सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा साउदले भने– ‘अब लोकतन्त्र जोगाउन सबै प्रजातान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ ।’

साउदले पार्टीका नेता रमेश लेखकसँग आफ्नो कुनै प्रतिस्पर्धा नरहेको स्पष्ट पार्दै एनपी साउद र रमेश लेखकबीच नै द्वन्द्व छ भनी प्रतिपक्षीले भ्रम फैलाएको आरोप लगाए । ‘मेरो उहाँ (रमेश लेखक)सँग प्रतिस्पर्धा नै छैन् । पार्टीमा मिलेर गइरहेका छौं,’ एमाले र माओवादी केन्द्रतर्फ संकेत गर्दै उनले भने– ‘यो विपक्षीहरुको असफल प्रयास मात्रै हो । हामीबीच कुनै किसिमको मतभेद छैन् ।’

आसन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेका साउदले रमेश लेखकसँगै चुनावी अभियानमा एक भएर आउने समेत स्पष्ट पारे । ‘अबको चुनावमा हामी सँगसँगै भएर आउँछौं । प्रदेश नम्बर ७ का सबै जिल्लामा हामी सँगसँगै हुनेछौं । हामीबीच द्वन्द्व छ भन्ने कुरा विपक्षीको जनता भड्काउने चाल मात्रै हो ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *