Loading...
चितवनमा विभिन्न दलका नेता तथा कार्यकर्तागरी कूल १०४० जना फोरम नेपालमा प्रवेश

चितवन, १३ कात्तिक । चितवनमा विभिन्न दलका स्थानीय नेता तथा कार्यकर्ताहरु गरी कूल १०४० जना संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरम चितवनले सोमबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा फोरम गणतान्त्रिकका विक्रम गुरुङ सहितका नेता तथा कार्यकर्ताहरु संघीय फोरममा प्रवेश गरेका हुन् ।

‘विक्रम गुरुङ फोरम गणतान्त्रिकका नेता हुनुहुन्थ्यो, उहाँको नेतृत्वमा धेरै युवाहरु पार्टी प्रवेश गर्नुभएको छ,’ संघीय समाजवादी फोरम चितवनका अध्यक्ष प्रेम भुजेलले सार्वजनिकसँग भने, ‘एमाले, माओवादी, कांग्रेस, माले र राप्रपाबाट समेत गरी जम्मा १०४० जना संघीय समाजवादी फोरममा प्रवेश गर्नुभएको छ ।’

पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई सहभागी हुने बताइएको थियो । तर यादव र राईको व्यस्तताले गर्दा उनीहरु कार्यक्रममा सहभागी नभएको भुजेलले बताए ।

‘हिजोआज पूर्वतिर धेरै ठाउँमा पार्टी प्रवेशलगायत कार्यक्रमहरु भइरहेकाले उहाँहरु हाम्रो कार्यक्रममा आउन सक्नुभएन,’ अध्यक्ष भुजेलले भने ।

पार्टी प्रवेश समारोहमा पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुुख आङकाजी शेर्पाको विषेश उपस्थिति थियो । आदिवासी जनजातिका चर्चित नेता समेत रहेका शेर्पालगायत अतिथिहरुले नै नवप्रवेशीहरुलाई स्वागत गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *