
नुवाकोट । कांग्रेस नेता एबम पुर्व अर्थमन्त्री राम शरण महत माओबादी नेता हित बहादुर तामाङसँग भारी मत अन्तरले पराजित हुने आकलन गरिएको छ । नुवाकोट जिल्लाको १ नम्बर क्षेत्रबाट पुर्व अर्थमन्त्री महत हार्नुको पछाडि स्थानिय तहमा त्यस क्षेत्रका बाम गठबन्धनले प्राप्त गरेको मतपरिणामलाई आधार मानिएको छ ।
स्थानीय तहमा रहेका गाउँपालिकामा एमाले र माओबादी केन्द्रले प्राप्त गरेका मतलाई आधार मान्ने हो भने महत तामाङ भन्दा झण्डै दश हजार मतले पछाडि देखिएको हो । त्यति मात्र नभएर नेपाली कांग्रेस छाडेका नेता तथा कार्यकर्ता, नयाँ शक्तिका उम्मेदवार र नेपाल लोकतान्त्रिक फोरमले समेत तामाङलाई समर्थन गरेपछि महत भारी मत अन्तरले पराजीत हुने निश्चित भएको छ ।
उसो त काग्रेस नेता एबम पुर्व अर्थमन्त्री महत पटक पटक नुवाकोटबाट निर्बाचित भएता पनि नुवाकोटलाई केही नगरे पछि उनी समर्थक कांग्रेस कार्यकर्ता समेत रुष्ट छन भने उनी हार्नुको पछाडि परिवारबाद पनि एउटा कारण बनेको छ । नुवाकोटमा आफु लडेको निर्बाचन क्षेत्रको प्रदेशमा आफ्नै भतिजालाई उम्मेदवार बनाएपछि कांग्रेस जन पनि महतसँग निकै असन्तुष्ट देखिएको छ ।
नेपालमा महाभुकम्पका बेला सरकारबाट प्राप्त रकम र जस्ता पाता लुकाएका गम्भिर आरोप लागेका आफ्नै भतिजा रमेश महतलाई प्रदेशमा लडाएर डा महतले आफ्नो पराजय निश्चित बनाएका छन । भुकम्प पिडित जनताको नाममा आएको राहतलाई हिनामिनाको आरोपमा रमेश नुवाकोटमा निकै आलोचित भएका थिए ।
यसरी चौतर्फी रुपमा गलत कार्य र कर्तुत गरेकाको संरक्षण र नुवाकोटे जनताको भावना विपरित पटक पटक निर्बाचित भएर राज्यको बागडोर हालीमुहाली गर्न पुगेका राम शरणलाई भन्दा सोझा, इमान्दार, संघर्षशिल बाम गठबन्धका उम्मेदवार हित बहादुर तामाङलाई मत दिनु पर्ने नुवाकोटे जनताले बताउने गरेका छन ।
यस अर्थमा यस पटक तामाङले भारी मतले महतलाई पराजित गर्ने आकलन गरिएको छ ।
lokhit
Facebook Comments