Loading...
राजपा शीर्ष नेताहरूको क्षेत्र टुंगो लाग्यो, को को कँहाबाट लड्दैछन् (सुची सहित)

राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका नेताहरूको निर्वाचन क्षेत्रको अनौपचारिक टुंगो लागेको छ। राजपा अध्यक्ष मण्डलका ६ जनाको निर्वाचन क्षेत्र टुंगो लागेको तर औपचारिक रुपमा सार्वजनिक नगरिएको राजपाका एक नेताले बताए । राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने भएका छन् ।

यसअघि समानुपातिक बन्दसूचीमा रहेका ठाकुरको नाम अन्तिम समयमा झिकिएको हो । ठाकुर यसअघि सर्लाही क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका थिए। २०६४/७० को निर्वाचनमा उनी पराजित भएका थिए। ठाकुर २०४८/०५१/०५६को निर्वाचनमा भने ठाकुर सर्लाहीबाट निर्वाचित भएका थिए।

अध्यक्ष मण्डलका राजेन्द्र महतो सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् । अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र यादव सर्लाही–२,शरतसिंह भण्डारी महोत्तरी–२,राजकिशोर यादव सिराहा–४ र अनिल झा रौतहट–१ बाट निर्वाचन लड्ने राजपा श्रोतले बतायो । राजपाका ६ नेता निर्वाचन लड्ने क्षेत्रमा काँग्रेस र संघीय समाजवादी फोरमले सघाउने अनौपचारिक सहमति भइसकेको राजपाका एक नेताले बताए ।

श्रोतका अनुसार काँग्रेस–राजपा सहमति पछि राजपाले धनुषा–३ काँग्रेस नेता विमलेन्द्र निधिलाई छोड्ने भएको छ। काँग्रेसका शीर्ष नेताहरू लड्ने क्षेत्र र राजमार्ग आसपासका क्षेत्रमा काँग्रेसलाई सघाउने अनौपचारिक सहमति भइसकेको राजपाका ति नेताले बताए ।

sundaykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *