Loading...
कुमार लिङदेन एकलिदै, अधिकांश कार्यकर्ताहरुदवारा पार्टी परित्याग गर्दै फोरम नेपालमा प्रवेश

कुमार लिङदेन नेतृत्वको संघीय लिम्बुवान मञ्चका कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । संघीय लिम्बुवान मञ्च पाँचथर जिल्ला सचिवालय सदस्य नरेन्द्रराज केरुङले सोमबार नै पार्टी परित्याग गरेका छन् ।
उनका साथमा पाँचथर जिल्ला सदस्य विवश वेनाम र फालेलुङ गाउँपालिकाका सचिव विक्रम केरुङले समेत पार्टी परित्याग गरेका छन् । उनीहरुले पार्टीको पदीय जिम्मेवारी मात्रै नभएर साधारण सदस्यता समेत त्याग गरेका छन् ।

लिम्बुवानका तिन जना कार्यकर्ताहरुले संयुक्त प्रेस विज्ञप्ती जारी पार्टी परित्याग गरेको जनाएका छन् । तर विज्ञप्तमा भने आप्mनो कार्यव्यस्तताका कारण पार्टीमा काम गर्न नसएिको जनाइएको छ । पछिल्लो कालमा लिम्बुवान मञ्च कार्यकर्ताहरु पार्टी परित्याग गर्दै संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरिरहेका छन् ।
पहिचान सहितको संघीयता, समानुपातिक समावेशीता, भाषिक, सांस्कृतिक समानता र अधिकारका लागि पहिचान पक्षधरहरुको शक्ति निर्माण गर्नुपर्ने भन्दै उनीहरु संघीय फोरममा प्रवेश गरिरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *