
काठमाडाैं, १४ कात्तिक । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच अागामी २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गरिएकाे छ ।
दुर्इ दलबीच प्रदेश नं. २ काे प्रतिनिधिसभाका ३२ सिट र प्रदेशसभाकाे ६४ सिट बाँडफाँट गरिएकाे हाे । जस अनुसार संघीय फाेरमले प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट पाएकाे छ भने बाँकी १५ सिट राजपाले पाएकाे छ ।
यसैगरी प्रदेशसभाको ६४ मध्ये ३३ सिट संघीय फाेरमले लिएको छ भने ३१ सिट राजपाले पाएको छ ।
पर्साको १,२ र ३ संघीय फाेरमले लिएकाे भने ४ राजपाले पाएको छ । बाराको १ र ४ राजपाले लिएकाे छ भने २ र ३ संघीय फाेरमकाे भागमा परेकाे छ ।
रौतहटको १, २ र ४ राजपाले र ३ संघीय फोरमले पाएको छ । सर्लाहीको १, २ र ४ राजपाले पाएकाे छ भने ३ संघीय फोरमले पाएकाे छ ।
धनुषाको १, २ र ४ राजपाले र ३ संघीय फोरमले पाएको छ । सिरहाको १, २, ४ संघीय फोरमले र ३ राजपाले पाएकाे छ । सर्लाहीको १ र २ संघीय फोरम तथा ३ र ४ राजपाले लिएका छन् ।
Facebook Comments