Loading...
माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्नु गलत : योङ्ग कम्युनिष्ट लीग (वाईसीएल)

देश संविधानको कार्यान्वयन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा होमिईरहेकोबेला सरकारले माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्नुले जनता आश्चार्यचकित भएको योङ्ग कम्युनिष्ट लीग (वाई सी एल) दवारा निकालिएको बिज्ञप्ति मा भनिएको छ
। द्वन्दकालका गम्भिर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने भन्ने बिस्तृत शान्ति सम्झौताको उलघंनमात्रै होइन देश निर्बाचनमा होमिईरहँदा निर्बाचन भाड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति वाई सी एलले आपक्ति व्यक्त गरेको छ । साथै ढुंगेलको मुद्दालाई आयोगमार्फत हल गर्न र उनलाई तत्काल रिहाई गर्न समेत माग गर्दै निर्बाचन भाड्न गरिएको षड्यन्त्रप्रति चनाखो र सचेत हुन समेत आम युवाहरुमा उसले अपिल गरेको छ ।
ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई उसले निर्देशन समेत दिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *