Loading...
प्रचन्डले गरे देउवासंग गोप्य वार्ता, प्रचण्ड प्रधानमन्त्रीबन्ने पक्का, कांग्रेस-माओवादी मिल्ने

काठमाडौं । नेपाली कांग्रेससँग सम्बन्ध बिच्छेद गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि प्रधानमन्त्री शेरबहादुर देउवासँगको वार्ता र सम्वादलाई बाक्लो बनाउन थालेका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रचण्डले प्रधानमन्त्री देउवालाई पटक–पटक गोप्य रुपमा भेट्ने कार्यलाई कांग्रेसका नेताहरूले आश्चर्यजनक रुपमा लिएका छन् । स्रोतका अनुसार देउवासँग प्रचण्डले एक पटक आफूलाई सत्तामा बस्ने रहर रहेको बताउने गरेका हुन् ।

देउवाले पनि आफू सधै माओवादीलाई सघाउन तयार रहेको जवाफ दिँदै बीच बाटोमा धोका दिएर एमालेसँग साँठगरेको प्रति आक्रोश जनाएको स्रोतको भनाइ छ । ‘तपाईलाई मैले नै प्रधानमन्त्री बनाए । तपाईले पनि हामीबीच भएको बचन राखेर सत्ता छाड्नु भयो । मलाई प्रधानमन्त्रीमा सहायेग गर्नुभयो’, देउवाले प्रचण्डलाई भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘एमालेसँगको वाम गठबन्धन छाडेर आउनुस् । सहमति गरौँ । संसद ब्युत्याउदै र फेरि पनि तपाई प्रधानमन्त्री बन्न सक्नु हुन्छ ।’

प्रचण्डले पनि अहिले एमालेलाई ललाई फकाई धेरैभन्दा धेरै सिट जितेर आएपछि कांग्रेससँग मिलेर सरकार बनाउने योजना सुनाएका थिए ।

टिकट वितरणमा एमाले र माओवादीका नेताहरूबीच खासै सौहार्दपूर्ण वातावरण नदेखेपछि प्रचण्डले आफूलाई सुरक्षित बनाउन देउवासँग पटक–पटक भेट्ने गरेको खुलासा भएको हो । माओवादी केन्द्रका एकजना नेताले भने, ‘यस्तै अवस्था हो भने फेरि पनि कांग्रेस र माओवादी मिलेर जाने अवस्था पनि आउन सक्छ । एमालेले तासको खेलमा सबै पत्ता देखाएको छैन । हामी पनि एमालेलाई विश्वास गर्ने पक्षमा छैनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *