Loading...
सामाजिक लोकतान्त्रिक पार्टी र संघीय लिम्बुवान पार्टी सुनसरी फोरममा बिलय, (नामसहित)

धरान, १४ कात्तिक । सामाजिक लोकतान्त्रिक पार्टी (सालाेपा)का केन्द्रीय सदस्य कृष्ण लिम्बू र हरि दर्नाल  मंगलबार  संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।

सामाजिक लोकतान्त्रिक पार्टीकाे सुनसरी जिल्ला अध्यक्ष कमलसिंह लिम्बु, उपाध्यक्ष शान्ति रसाइली र सचिव राजकुमार राई संघीय फोरममा प्रवेश गरेका हुन् ।

संघीय समाजवादी फोरम नेपाल धरान उपमहानगर समितिले आयोजना गरेको कार्यक्रमा सालाेपाका केन्द्रीय नेता तथा जिल्ला नेताहरू संघीय फोरममा प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले अबीरको टीका र खादा लगाएर स्वागत गरेका छन् ।

यसैगरी संघीय लिम्बुवान पार्टी सुनसरी र संघीय समाजवादी फोरम सुनसरीबीच मंगलबार नै समायाेजन गरिएकाे छ । खगेन्द्र माखिम नेतृत्वकाे संघीय लिम्बुवान पार्टी र संघीय समाजवादी फाेरमबीच केन्द्रीय तहमा गत १ जेठमै एकता गरिएकाे थियाे ।  दुर्इ दलबीचकाे एकतापछि अन्य जिल्लामा समायाेजन भइसकेकाे भए पनि सुनसरीमा बाँकी थियाे ।

पार्टी समायाेजना तथा प्रवेश कार्यक्रममा उपाध्यक्ष कार्की सहित लिम्बुवान प्रदेश समितिका प्रमुख खगेन्द्र माखिम, केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख ध्यानबहादुर राई, केन्द्रीय सदस्य पदम अधिकारीलगायत नेताहरु सहभागी थिए ।

सामाजिक लोकतान्त्रिकबाट प्रवेश गर्नेहरु : 
कृष्ण लिम्बू, केन्द्रीय सदस्य
हरि दर्नाल, केन्द्रीय सदस्य
कमलसिंह लिम्बू, जिल्ला अध्यक्ष
शान्ति सराइली, जिल्ला उपाध्यक्ष
राजकुमार राई, जिल्ला सचिव

संघीय लिम्बुवान पार्टीबाट अाएकाहरू :
नयनबहादुर लावती, जिल्ला सल्लाहकार
इन्द्र भुजेल, जिल्ला अध्यक्ष
कमल लिम्बू, जिल्ला उपाध्यक्ष
फणिन्द्र लिम्बू, जिल्ला कोषाध्यक्ष
आशिस माझी, जिल्ला सचिवालय सदस्य
सुर्य वनेम, सदस्य
मणि लिम्बू, सदस्य
विजय थक्लेन, सदस्य
एकान नाङता, सदस्य
बम तुम्सा, सदस्य
दिपक लिम्बू, सदस्य
प्रदिप बिसुङखे, सदस्य
कुमार दर्नाल, सदस्य
देवचन्द्र माझी, सदस्य
विशाल परियार, सदस्य
सरोज परियार, सदस्य
डिकबहादुर मगर, सदस्य

समायोजन हुनेहरु :
इन्द्र फोम्बो
रमेश लिम्बू
शिव लावती
वसन्त लिम्बू
सुस्मा लिम्बू
कुमारी लावती
पूर्णबहादुर लिम्बू
रेशन लिम्बू्
नरेन्द्र लिम्बू्
रमेश गौतम
डम्बर मगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *