Loading...
अजम्वर राई नेता मात्र हैन नेतृत्व पनि हो, अजम्बरले गरेका कामहरु यी हुन (सुची सहित )

कार्तिक १३ झिल खिम्बुले – अजम्वर राई काङमाङ संघिय समाजवादी फोरम नेपाल, नेपालि कांग्रेस र राप्रापा विचको चुनावी गठबन्धन बाट भोजपुरको प्रदेश सभा (क) का साझा उम्मेदवार हुन् l राजनैतिक हिसावले वर्तमान अवस्थामा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव को भूमिकामा छन् l अजम्वर कुनै निश्चित संगठन पार्टी भूगोल समुदाय को पर्यायावाची विम्व नभै अजम्वर युगको आवश्यकताले जन्माएको द्योतक हो समय हो l

भूकम्प पिडित लाई अजम्वर राई राहत वितरण गर्दै,

आज त्यहि द्योतक अर्थात समय को मानक अजम्वर राई भोजपुरे जनताको आगनिको बाटो हुदै मनमस्तिस्कको मुल ढोका देखि प्रवेश गरेर आफ्नो उपस्थिति जनाईसकेको छ l भोजपुरको नागी मा जन्म भै स्कुल यात्रा गाउ बाटै सुरु गरेका अजम्वर राई ‘हुने विरुवाको चिल्लो पात’(morning shows the day) भने झैँ कलिलो बाल यात्रा देखि नै समाजसेवा गर्न रुचाउने सहयोगी मिलापी र क्षामताको हिसावले अव्वल थिए l सामान्य परिवारमा जन्मेका अजम्वर स्कुल जीवनमा कहिले दोस्रो हुनु परेना सधै स्कुलको पहिलो मात्र भैरहे, घरमा बुबा शिक्षक भएका कारण पनि अजम्वरलाई पढ्न कुनै असहज भएन l तर परिवारका अभिभावक र अन्य शुभचिन्तक अजम्बर को अदभुत क्षामता देखेर आश्चर्य चकित हुने गर्दथ्ये l अजम्बर अलराउन्डर क्षामताका पारखी हुन् सानै उमेरमा समाज परिवर्तनको सपना र ठुलो भएर यसरि समाज र मुलुक लाई परिवर्तन गर्न सक्छु भनेर आफ्नो योजना सवै सामु राख्ने गर्दथ्ये l

राजनैतिक यात्रा,

अजम्वर ले सानै उमेरमा यो पनि बुझेका थिएकी समाज र मुलुक परिवर्तन गर्न राजनीति आवश्यक तत्व हो यहि अपरिहार्यतालाई बुझेर अजम्बरले निधो गरे अब राजनीति सुरु गर्नु पर्छ यसै कारण तत्कालिन अखिल बाट आफ्नो राजनीति यसरि सुरु गरे l

  • अन्नपूर्ण मा वी बाट २०३५ सालमा अखिलको सदस्य लिए l
  • लगनशील मेहनती र क्षामता को पारखी अजम्वर बिभिन्न आरोह अवरोह छिचोल्दै २०३९ सालमा अन्नपूर्ण मा वि को स्ववियु सचिव भए,
  • २०४० सालमा भोजपुर बहुमुखी क्याम्पस को स्ववियु सचिव,
  • २०४० सालमै अखिलको जिल्ला कमिटि सचिव
  • २०४४ अखिल जिल्ला कमिटि सुनसरीको अध्यक्ष,
  • २०४५ मेची अंचल सदस्य
  • २०४६/४७ मा पंचायती विरोधी आन्दोनको नेतृत्व गर्दै सक्रिय भूमिका निर्वाह गरेको संग जेल जीवन विताएको l
  • २०४७ सालमा युवा संघ भोजपुरको अध्यक्ष
  • २०४७ पार्टीको जिल्ला कमिटि सदस्य
  • २०४८ मा युवा संघको केन्द्रीय सदस्य हुदै केन्द्रीय सचिव सम्म,
  • २०६४ सालमा युवा संघको केन्द्रीय अध्यक्ष
  • २०६५ सालमा एमालेको निर्वाचित केन्द्रीय सदस्य,
  • ०४६/४७ र ०६२/६३ सालको आन्दोलनमा लामो समय जेल जीवन बिताएको
  • २०६९ सालमा संघिय समाजवादी पार्टी नेपालको सस्थापक उपमहासचिव हुदै हाल संघिय समाजवादी फोरम नेपालको केन्द्रीय सचिव l

युवाहरुको आस्थाको केन्द्र,

यतिवेला युवा संघ भन्नु वित्तिकै ठग्ने लुट्ने लफडा वाजी गर्ने भन्ने आम जनताको बुझाई भएको छ, जतिवेला कान्ग्मांग युवा संघको नेतृव मा थिए त्यतिवेला युवा संघ भनेको परिवर्तन को संवाहक भनेर बुझ्ने गरिन्थ्यो राजनैतिक हिसावले प्रशिक्षित अनुशासित क्षामताको हिसावले अब्बल सहयोगी, भ्रस्टाचारको हिसावले सुन्य सहनशीलता, मुलुकलाई विपत पर्दा मलम पट्टि लगाउन सबै आतुर हुने सस्कारको निर्माण भएको थियो l जव अजम्वरले नेतृत्व छोडे तव गुण्डा भ्रस्ट हरुको भर्ति केन्द्र बने युवा संघ आज झनै यो विषय मुखरित बनेको छ l

अस्तित्व रक्षाको निम्ति सत्ता पद लाई मसान घाट मा तिलान्जली दिने त्यागि नेता,

अजम्वर राई एमालेमै बसेका भए यति वेला मन्त्रि हुने थिए भन्ने एमालेको नेताहरुको ठम्म्याई छ l तर अजम्बर यो कुरालाई यसरि कटाक्ष गर्छ, ‘एक थान मन्त्रीको लागि मैले राजनीति गरेको हैन मैले हिजो निरंकुश पंचायती ब्यावस्था पल्टाएर गणतन्त्र ल्याउन लडे त्यसै गरि राजतन्त्रको अन्त्य हुनु पर्छ र जनताको छोरा छोरी  पनि प्रत्यक्ष रास्ट्र प्रमुख हुनु पर्छ भनेर लडे र आज सवैको समान अधिकारको ग्यारेन्टी नभए सम्म सवै जनताहरुले  राज्यको उपल्लो निकायमा पुग्ने ब्यावस्था नभए सम्म लडीरहन मैले तिम्रो पद तिमि नै खाउ नखाए घिच भनेर छोडेको हु’ यस बाट अजम्वर न्यायोचित ब्यावस्था, परिवर्तन, सुशासन ,समृद्धि को मानक हुन् भन्ने पुस्टि हुन्छ l लाभको लागि राजनीति गर्नु राजनैतिक अपराध हो जसले नेता बन्छ तर मुलुक डुब्छ जुन अपराध हो l

भोजपुरका नेता मात्र हैन नेतृत्व पनि हो अजम्वर,

अजम्वर काठमाडौं बसेरा राजनीति गर्ने नेता हैन जो कि चुनाव आउदा पर्यटक भएर जनताको घरमा भोट माग्न पुग्ने, अजम्वर भोजपुरको सारथि हुन् जसले भोजपुर दुख्दा सधै मलम पट्टि लगाई रहे हास्दा खुशी हुदा मुस्कुराईरहे त्यहाको उन्नति प्रगति को निम्ति अहोरात्र खटेर विकास र समृद्धिको योजना सहित लागि परिरहे, आगालागी बाढी  पहिरो भूकम्प पिडितहरु का लागि राहत वितरण देखि विकास निर्माण को कामहरुमा सदैव जुटीरहने समाजको एक सिपाही हुन् जसको कारण आज चुनाव जित्ने निश्चित भएको छ  l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *