Loading...
रौतहटमा आचारसंहितालाइ लत्याउँदै जिशिअ गरे सयौंको संख्या शिक्षकहरुलाई धमाधम सरुवा

नरेन्द्र साह,रौतहट, १४ कात्तिक । पुरै देश भरी लगाएको निर्वाचन आयोगले आचारसंहिता रौतहटमा लाटले लत्याउदै गरे जिल्ला शिक्षा कार्यालय रौतहटले ठूलो संख्यामा शिक्षकहरुको जिल्लान्तर सरुवा गरेको छ । आचार संहिता लागु भएका बेला निर्वाचन आयोगको सम्मति बेगर कुनै कर्मचारीको सरुवा गर्न पाइँदैन आदेश दिइएको थियोे तर रौतहटमा जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंहलाई भने त्यसले छेकेको छैन । साउनको ‘ब्याक डेट’ राखेर जिशिअ सिंहले ४८ जनाभन्दा बढी शिक्षकको सरुवा गरिसकेका छन् ।

१० साउनको पहिलाको मिति राखेर जोकहा प्राविका राकेशकुमार ठाकुरको जिल्लान्तर सरुवा गरेका छन् । उनको सरुवाको चलानी नम्बर ४४ छ । तर, सोही नम्बरको पत्रबाट जिशिअ सिंहले राष्ट्रिय वाणिज्य बैंक, गौर शाखामा रहेको खाता नवीकरण गराएको कागजात फेला परेको छ । बैंकमा पठाइएको पत्रको चलानी नम्बर रहेको रजिस्ट्रर केरमेट गरेर उनले शिक्षक ठाकुरको सरुवा गरिएको लेखेका रहस्यमय खुलेको छ । यस्तै, साउनकै मिति राखेर उनले शिक्षक जयबालक भगतलाई प्रावि रामपुरखापमा सरुवा गरेका छन् । साउनमा सरुवा भएको विवरण जिल्ला शिक्षा कार्यालयले देखाइरहँदा दुवै शिक्षक दशैं बिदापछि असोजमा विद्यालयमा हाजिर भएका छन् । कार्यालय स्रोतका अनुसार आचारसंहिताविपरित सरुवाका लागि जिशिअ सिंहले मोटो रकम असुलेका छन् । स्रोत भन्छ, ‘ब्याक डेट राखेर धमाधम सरुवा गरिरहनुको कारण नै आर्थिक चलखेल हो ।’तीमध्ये केही सञ्चालनमा छैनन् । तर, जिशिअ सिंह र अनौपचारिक शिक्षाका फोकल पर्सन दुवैले सञ्चालनमा नरहेका केन्द्रहरुका लागि पनि बजेट निकासा गरेका छन् ।

उनले यस वर्ष २१ वटा नयाँ संस्थागत विद्यालयलाई सञ्चालनको अनुमति समेत दिएका छन् । शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ८ (ख) को उपनियम ३ अनुसार जिल्ला शिक्षा समितिको स्वीकृतिपछि मात्र नयाँ विद्यालयलाई अनुमती दिनुपर्छ । सञ्चालन अनुमति दिइँदा त्यस्तो कुनै कानूनी व्यवस्था पालना गरिएको छैन देखा परेको छ । यस्तै, सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर रोक लगाएको दरबन्दी मिलानको विषयलाई पनि जिशिअ सिंहले बेवास्ता गरेका छन् । सर्वोच्चले १८ भदौमा अन्तरिम आदेश जारी गर्दै दरबन्दी मिलान र शिक्षक सरुवा व्यवस्थापनसमेतमा रोक लगाएको थियो । जिशिअ सिंहको बदमासीका कारण जिल्लाको शैक्षिक झनै कमजोर बनेको प्रावि रामपुरखापका जयमंगल प्रसादले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *