Loading...
महन्थ ठाकुरलाइ २ न. प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने राजपा नेपालको निर्णय

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संयोजक महन्थ ठाकुरलाई प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेलगत्तै राजपाले ठाकुरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राजपा र फोरमले प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँटगरिसकेका छन् । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।

मिलेर चुनाव लडेपछि प्रदेश २ मा बहुमत ल्याउन सकिने यी दुबै दलका नेताहरुले दाबी गर्दै आएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *