Loading...
फोरम नेपाल तेस्रोे शक्तिबन्ने अशोक राइको दाबी, आज फेरि सुनसरीमा ५००ले गरे पार्टी प्रवेश

संघिय समाजवादी फोरम नेपाल सुनसरी क्षेत्र नम्वर ३ को आयोजनामा औरावनीमा भएको बृहत पार्टी प्रवेश तथा निर्वाचन अभियान चुनावी सभा कार्यक्रममा बिभीन्न पार्टी परित्याग गरि ५०० बढीले पार्टी प्रवेश गरेका छन । समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले बाम गठबन्धन जनतालाई झुक्याएर संसद्मा गई कमाई खानका लागि मात्र रहेको समेत जिकिर गरे ।

निर्वाचन सकिएलगत्तै बाम गठबन्धन टुट्ने दावी गर्दै उनले यसलाई दक्षिणपन्थीहरुको गठबन्धन भएको समेत आरोप लगाए । बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैले मुलुकका समस्या समधान गर्न नसक्ने भन्दै नेता राईले संघीय समाजवादी फोरम, नेपाल कुनै गठबन्धनमा नगई छुट्टै तेस्रोे शक्तिको निर्माण अभियानमा रहेको खुलासा गरे । उनले भने –‘हामीले नेतृत्व गर्ने तेस्रो धार भनेको संघीयवादी, पहिचानवादी, समावेशी र परिवर्तनकारीको धार हुनेछ ।

’नव प्रवेशीहरुलाइ संघिय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईले अविर टिका लगाइ स्वागत गर्नु भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य शिब बस्नेत, पदम अधिकारी, संजय सिंह, सविता यादव लगायतका जिल्ला तथा क्षेत्रिय नेता कार्यकताहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *