Loading...
फोरम नेपालका शिर्ष नेताहरु (पदाधिकारी) कँहाबाट चुनाबमा भिड्दै छन् ? (सुची सहित)

काठमाडौं, १५ कात्तिक । संघीय समाजवादी फोरम नेपालका १५ जना केन्द्रीय पदाधिकारीहरुमध्ये मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सात जना नेताहरु मात्रै प्रत्यक्ष निर्वाचनमा उठ्ने भएका छन् ।

संघीय समाजवादी फोरम नेपालले मंगलबार सार्वजनिक गरेको सूचीमा सात जना पदाधिकारीहरु मात्रै प्रत्यक्ष निर्वाचनमा उठ्ने उल्लेख छ ।

जसमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष युवराज कार्की, उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहायप्रसाद यादव, सचिव अजम्बर राई काङमाङ र कोषाध्यक्ष विजय यादव छन् ।

अध्यक्ष यावद, वरिष्ठ नेता राई र महासचिव यावदले संघीय व्यवस्थापिका संसदको सदस्यका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिदैछन् । बाँकी पदाधिकारीहरु प्रदेशसभाका लागि निर्वाचन लड्दैछन् ।
सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणु यादव, सचिव परशुराम बस्नेत र अर्का सचिव रत्नेश्वरलाल कायस्थ भने समानुपातिक उम्मेदवार बनेका छन् ।

उपाध्यक्ष रकम चेम्जोङ, हेमराज राई, महासचिव रणध्वज कङदङवा र उपमहासचिव दानबहादुर विश्वकर्माको नाम भने समानुपातिकको सूचीमा समेत परेका छैनन् ।

काे कहाँबाट सूचीः

अध्यक्ष, उपेन्द्र यादव, सप्तरी–२
वरिष्ठ नेता, अशोक राई सुनसरी–१
सहअध्यक्ष, राजेन्द्र श्रेष्ठ, समानुपातिक
उपाध्यक्ष, युवराज कार्की मोरङ–२
उपाध्यक्ष, रकम चेम्जोङ (कतै नभएको)
उपाध्यक्ष, हेमराज राई (कतै नभएको)
उपाध्यक्ष, लालबाबु राउत, पर्सा–१ ‘ख’
उपाध्यक्ष, रेणु यादव, समानुपातिक
महासचिव, रणध्वज कङदङवा, (कतै नभएको)
महासचिव, रामसहायप्रसाद यादव, बारा–२
उपमहासचिव, दानबहादुर विश्वकर्मा, (कतै भएको)
सचिव, अजम्बर राई काङमाङ, भोजपुर ‘क’
सचिव, परशुराम बस्नेत, समानुपातिक
सचिव, रत्नेश्वरलाल कायस्थ, समानुपातिक
कोषाध्यक्ष, विजय यादव, सिरहा–२ ‘क’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *